<pre><b>बैशाख, काठमाडौं। </b></pre><p><p style="text-align: justify;">बलिउडका सुन्दर जोडिका रुपमा चिनिएका मलाइका अरोरा र अरबाज खान अन्तत कानुनी रुपमा छुट्टिएका छन्। विहिवार उनीहरु सम्बन्ध विच्छेदका लागि बांद्रा स्थित फेमिली कोर्ट पुगेका थिए । उनीहरुले गत वर्ष नोभेम्बरमा डिभोर्स को लागि आवेदन दिएका थिए। विहिवार बान्द्राको कोर्टले उनीहरु कानुनी रुपमा अलग भएको निर्णय गरेको छ। कोर्टका अनुसार अब उनीहरुको छोरा अरहान मलाइकाको साथमा रहनेछन्। त्यस्तै अरबाज लाई पनि अरहान संग भेट्ने मिल्ने अनुमति दिइएको छ। <br>उनीहरुले सन् १९९७ मा विवाह गरेका थिए।विवाह भएको २० वर्षपछि उनीहरु एकअर्काको मन्जुरीमा अलग्गिएका छन्। एजेन्सी</p></p>







२९ बैशाख २०७४, शुक्रबार ०४:४७ 








