जेठ, काठमाडौं ।

दिपा श्री निरौला पछिल्लो समय हाँस्य कलाकारबाट निर्देशक पनि बनिसकेकी छिन् । 'छक्का पञ्जा' चलचित्र निर्देशन गरेर निकै नाम कमाएकी दिपाश्रीले चलचित्र निर्देशनबाटै थुप्रै अवार्ड समेत थापिसकेकी छिन् । उनै दिपाश्री अहिले 'छक्का पञ्जा २' चलचित्रमा ब्यस्त छिन् ।

'छक्का पञ्जा २' चलचित्रको टिम यतिखेर छायांकनको काममा ब्यस्त छ । देशका बिभिन्न ठाउँमा छायांकनको क्रममा रहेको यो टिममा अहिले दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, स्वस्तिमा खड्का लगायतका कलाकारहरु छायांकनमा ब्यस्त छन् । यसैक्रममा दिपा श्री निरौलाले तिन कलाकार दिपकराज गिरी, प्रियंका कार्की र स्वस्तिमा खड्कालाई अंगालोमा रोखेको तस्बिर सार्वजनिक गरेकी छिन् । छायांकन सेटमै रहँदाका केहि तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक गरेसँगै उनी सँगै रहेका यी तिन पात्रमध्ये उनको काखमा को सुहायो त भनेर हामीले नियाल्ने प्रयत्न गरेऊँ ।

शुरुमा कुरा गरौं प्रियंका कार्की, प्रियंका र दिपाश्रीको जोडी पछिल्लो समय राम्रै जमेको छ । पर्दामा खासै नदेखिएपनि पर्दाबाहिरको जोडी राम्रो देखिन्छ, अझै भनौं यी दुई खुबै मिल्ने गर्छन् । अब दिपाश्रीले प्रियंकालाई अंगालोमा राख्दा कस्तो देखियो त्यो दर्शकले पक्कै पनि हेरिसक्नुभयो ।

त्यस्तै कुरा गरौं स्वस्तिमा खड्काको, स्वस्तिमा र दिपाश्री को जोडी खासै देखिदैंन । अझ कामले लामो समय यी दुई सँगै भएका भनेको सायदै छक्का पञ्जा २ बाटै हुनसक्छ । तर जे होस् प्रियंका र दिपकलाई भन्दा अलि बढी माया गरेर अंगालोमा हालेकी दिपा श्रीको अंगालोमा स्वस्तिमालाई हेर्दा दिदि बहिनीको सम्बन्ध निकै सुहाएको देखिन्छ ।

अब कुरा गरौं दिपक राज गिरीको, दिपा र दिपक भन्ने बित्तिकै तितोसत्य टेलिसिरियलको सम्झना आउँछ । दशक लामो समय टेलिभिजनको पर्दामा श्रीमान श्रीमती बनेका यो जोडी एक अर्कामा अंगालोमा रहँदा नसुहाउने त कुरै भएन । जसलाई दर्शकले पर्दामा बारम्बार देखिरहनु हुन्छ त्यही जोडीनै सुहाएको जस्तो त अवस्य पनि देखिन्छ । त्यसैले पनि यो जोडीलाई धेरै दर्शकले माया गर्दै आउनुभएको छ । अझ यो जोडी टेलिसिरियल तितोसत्य पश्चात पनि बिभिन्न बिज्ञापनहरुमा श्रीमान श्रीमती नै भएर देखिएका छन् । वास्तविक जीवनमा एकअर्काका असर साथी भएपनि दर्शकले भने यो जोडी असाध्यै सुहाएको प्रतिक्रिया दिँदै आएका छन् र हामी पनि भन्छौं यो जोडी असाध्यै सुहाएको छ ।