गोपिकृण्ण चापागाईं, जेठ, काठमाडौं ।

चलचित्र ‘पर्व’ यहि आउँदो शुक्रबार (जेठ १२) बाट अलनेपाल रिलिजमा आउदैछ । प्राय प्रेम कथाका चलचित्रमा देख्न पाइने नायिका नम्रता श्रेष्ठले यस पटक सम्पेन्स थ्रिलर कथाको चलचित्र ‘पर्व’ मा अभिनय गरेकी छिन् । उनको साथमा कोशिस क्षेत्री, माला लिम्बु र जेविका कार्कीको मुख्य भुमिका रहेको छ ।

यसैबिच बुधबार साँझ राजधानीमा ‘पर्व’ को ग्राण्ड प्रिमियर गरिएको छ । चलचित्रका कलाकारहरुसँग अन्य चलचित्रकर्मि तथा सञ्चारकर्मिहरु माझ देखाइएको ‘पर्व’ को राम्रो प्रतिक्रिया आएको चलचित्र युनिटले बताएको छ । प्रेमकथामा आधारीत चलचित्रबाट आफुलाई निर्देशकको नाममा स्थापित गराइसकेका दिनेश राउतले यसपटकको यो सम्पेन्स थ्रिलर चलचित्रबाट पनि आफुलाई सोचेभन्दा राम्रो प्रतिक्रिया आएको बताएका छन् । निर्देशक दिनेशले आर्टिस्ट खबरसँग कुरा गर्दै भने— ‘फरक चलचित्रमा हात हालेको छु भन्ने डर मनमा धेरै थियो तर जब चलचित्र हेरिसकेपछिको प्रतिक्रियाले त्यो डर हटेको छ’ । प्रेमकथाका चलचित्र बनाइरहनु भयो एक्कासी यो चलचित्रमा हात हाल्दाको कारण के छ भन्ने हाम्रो प्रश्नमा दिनेश भन्छन्— ‘मैले यो भन्दा अघि बनाएको लभस्टोरी चलचित्रहरु सबैलाई दर्शकले धेरै मन पराइदिनुभएको छ । अहिले थ्रिलर सिनेमामा हात हालेको छु, नेपालमा थ्रिलर सिनेमामा अझै पनि दर्शकहरु बानि पर्नुभएको छैन। अब नेपालमा पनि यस्तो सिनेमामा बानि पार्नुपर्छ भनेर पनि यो चलचित्रमा हात हालेको छुँ ।’

चलचित्र हेरिसकेपछि मुख्य नायिका नम्रता श्रेष्ठले पनि आफुलाई निकै राम्रो प्रतिक्रिया आएको बताइन् । ‘थ्रिलर जनराको चलचित्र नेपालमा कमै बनको पाइन्छ । थ्रिलर चलचित्र हेर्ने दर्शकहरुका लागी नेपालीले बनाएको थ्रिलर चलचित्र कस्तो भएको छ त भनेर सबैदर्शकलाई एकपटक हेर्न आईदिनुहोला ।’, नम्रताले चलचित्रका बारेमा बोल्दै भनिन् । त्यस्तै चलचित्रका नायक कोशिस क्षेत्री, अर्कि नायिका माला लिम्बु, जेविका कार्कीले पनि प्रतिक्रियाका कारण उत्साहित भएको बताए ।

त्यस्तै चलचित्र हेरिसकेपछि अन्य चलचित्रकर्मिहरुले सस्पेन्स थ्रिलर चलचित्रमा हुनुपर्ने सम्पुर्ण कुराहरु भएको र साच्चैनै धेरै राम्रो बनेको भन्दै प्रतिक्रिया दिएका थिए । साथै धेरैको मुखबाट एक्लै हेर्न निकै गाह्रो भएको भन्ने प्रतिक्रिया सुनिन्थ्यो । चलचित्र हेरिसकेपछि आर्टिस्ट खबरसँग कुरागर्दै नायिका पुजा शर्मा भन्छिन्, ‘चलचित्र निकै राम्रो छ मलाई त हेर्दा निकै डर पनि लाग्यो, जे होस् एक्लै नआउनुहोला छेऊमा बस्दा हात समात्ने मान्छे चाहिन्छ त्यसैले ग्रुपमा आउनुहोला भन्न चाहान्छु सबै दर्शकलाई ।’ त्यस्तै नायिका केकी अधिकारीले नेपाली चलचित्र क्षेत्रमा सस्पेन्स थ्रिलर चलचित्र निकै राम्रो बनेको प्रतिक्रिया दिइन् । ‘थ्रिलर जनराको चलचित्रमा हुनुपर्ने कलाकारहरुको प्रस्तुती, स्क्रिन प्ले, ब्याकग्राउण्ड स्कोर पनि त्यहि अनुसार म्याच भएको पाएँ । निकै राम्रो लाग्यो, केकीले भनिन् ।

साथै कलाकार बसुन्धरा भुसालले पनि कलाकारहरुको उत्कृष्ट अभिनयले गर्दा चलचित्र अझ राम्रो बनेको र आफुलाई चलचित्र हेरुन्जेल निकै डरको पनि अनुभव भएको बताइन् ।

भिडियोमा हेर्नुहास् चलचित्र पर्वको प्रिमियरमा यस्तो देखियो ।