विल्सनले पाए राष्ट्रपतिको हातबाट प्रवल जनसेवाश्री पदक

...

<pre style="text-align: justify; "><b>जेठ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">अभिनेता विल्सन विक्रम राई ‘तक्मे बुढा’ ले राष्ट्रपतिको हातबाट प्रवल जनसेवाश्री पदक पाएका छन् । गएको वर्ष बजेट भाषणका क्रममा सरकारले गरेको निर्णय अनुसार उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रवल जनसेवाश्री पदक दिएकी हुन् । बजेट भाषण कार्यक्रममा, सुप्रवल जनसेवाश्री ८३ जनालाई, प्रवल जनसेवाश्री १३५ जनालाई र जनसेवाश्री मानपदवी ५१ जनालाई दिईने घोषणा भएको थियो ।</p><p style="text-align: justify; ">देशको गौरव वृद्धि गर्नमा योगदान पुर्याएको भन्दै सरकारले कलाकारहरु सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), रेखा थापा, विल्सन विक्रम राई र दयाराम दाहाललाई पदक दिने घोषणा गरेको थियो ।</p><p style="text-align: justify; ">सुरज सुब्बा नाल्बो निर्देशित चलचित्र ‘रातो घर’ यहि जेठ १९ गते देशभर प्रदर्शन हुँदैछ ।</p>