पल र आँचलको केमेष्ट्री हेर्न भदौ सम्म कुर्नुपर्ने

जेठ, काठमाडौं।

यही जेठ १९ गतेबाट प्रर्दशनमा आउने भनिएको  चलचित्र ‘जोनी जेन्टलम्यान’को प्रदर्शन मिति  पछाडि सरेको छ। पछिल्लो समय निकैनै चर्चामा रहेका नायक पल शाह र नायिका आँचल शर्माको मुख्य भुमिका रहेको यस चलचित्र अब भदौ ३० गतेबाट मात्र प्रर्दशनमा आउने भएको छ।

वैशाख ३१ गते भएको स्थानिय चुनावका कारण चलचित्रको व्यापार खस्किएको र अब हुने चुनावले पनि चलचित्रको व्यापारमा असर पुग्न सक्ने भन्दै निर्माण पक्षले प्रर्दशन मिति पछि सारेको छ। यसअनुसार अब दर्शकहरुले पल र आँचलको प्रेमकहानीलाई पर्दामा हेर्न भदौ सम्म कुर्न पर्ने भएको छ।

चलचित्रको नयाँ रिलिज डेट घोषणा गर्दै निर्माण पक्षले नयाँ पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा पल र आँचल देखिएका छन्। यस अघि चलचित्रको दुई गीतहरु सार्वजनिक भइसकेका छन्। चलचित्रलाई नितिन चन्दले निर्देशन गरेका हुन्।