जेठ, काठमाडौं।

सुपरस्टारहरुको फ्यानहरुलाई उनीहरुको प्रिय स्टारहरुको हरेक कुरा प्रिय हुने गर्छ। उनीहरु संग जोडिएका हरेक चीज हरु विशेष हुने गर्छन्। स्टारहरुले प्रयोग गरेका कुनै चिजपनि आफ्नो बनाउन फ्यानहरु जतिसुकै रकम पनि तिर्न तयार हुने गर्छन । यसै विच बलिउड सुपरस्टार शाहरुख खानले आफुले बनाएकोे स्केच विक्री गर्ने भएका छन्। उनले १९९७ मा पेरिसको यात्राको क्रममा एक स्केच बनाएका थिए। जुन स्केच अब लिलामीमा विक्री हुने भएको छ। उनले बनाएको ब्ल्याक एन्ड ह्वाइट चित्रमा पेरिसको झलक देख्न सकिन्छ्। उनले चित्रमा बलिउड लाईफ लाई पनि दर्साएका छन्। उनको यो चित्र अब 'ओशियंस द ग्रेटेस्ट इंडियन शो अन अर्थ २' मा लीलाममा विक्री गरिने भएको छ। यो कार्यक्रम २२ जुनमा बांद्राको फाईभ स्टार मा आयोजना गरिने भएको छ।

ओशियन का फाउंडर तथा चेयरम्यान ले शाहरुखको यो स्केच डूडल कम ड्रइंग भएको बताएका छन्। र उनले यस स्केच १.२ देखि १.८ लाख सम्ममा वा सो भन्दा बढी मा विक्री हुन सक्ने बताएका छन्। एजेन्सी

३० जेष्ठ २०७४, मंगलवार ०८:५५