<pre><b>असार ,काठमाडौं।</b></pre><p>नेपाली चेली भएपनि बलिउड इन्ड्रष्ट्रीमा नाम कमाएकी अभिनेत्री मनीषा कोइराला बागमती सफाइ महाअभियानको सद्भावना दूतमा मनोनीत भएकी छिन्। । सहरी विकास मन्त्रालयको प्रस्तावमा नेपाल सरकारको हिजो बसेको बैठकले मनिषालाई अनुमोदन गरेको हो। यस अघि पनि तत्कालीन सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले आफ्नो कार्यकालमा कोइरालालाई बागमती सफाइ अभियानको सद्भावना दूत मनोनीत गर्न प्रस्ताव गरेका थिए ।</p><p>बागमती सफाइ महाअभियान अन्तर्गत २०७० जेठ ५ देखि हरेक शनिबार बाग्मती सरसफाई गरिँदै आएको छ। भोली शनिवार अभियान अन्र्तगत २१४ औं साताको सफाई कार्यक्रम हुने् भएको छ् जसमा मनिषा पनि सहभागि हुने भएकि छिन्।</p>