असार, काठमाडौं।

बलिउड एक्ट्रेस तब्बु फिल्म इन्डष्ट्रीमा लागेको २३ वर्ष पुगिसकेको छ। तर आजसम्म उनले् विवाह गरेकी छैैनन्। हुनत उनी कति हिरो संग सम्बन्धमा रहेकी पनि थिईन्। यसको बाबजुद पनि उनी सिंगल छिन्। हालै एक मिडिया संगको अन्तर्वार्ताको क्रममा उनीले आफु सिंगल रहनुको कारण खुलाएकी छिन्।

उनले आफु सिंगल हुनुको एक मात्र कारण हुन अजय देवगन भएको बताएकी छिन्। जुन कुरा जो कोही लाई पनि रोचक लाग्न सक्छ्।

तब्बू ले बताएकी छिन् -''मेरो नातेदार समीर आर्या र अजय देवगन छिमेकी थिए। उनीहरु दुवै म माथि निगरानी राख्ने गर्थे मलाई फलो गर्ने गर्थे। यदि कोही केटा मेरो आसपास देखे भने उनीहरु दुवै मिलेर उसलाई पिट्ने गर्थे''। उनले अगाडि भनिन्- अजयकै कारण म आज सम्म सिगंल छु। मैले उसलाई मेरो लागि विवाहको लागि लायक केटा खोज्नका लागि भनेको पनि थिएँ। तर उनले खोजिदिएनन्। मलाई लाग्छ उनलाई आज यस कुरामा अफसोस भएको होला।

उनले भनिन् -'मेरो र अजयको रिलेशन यसकारण बलियो छ किनकि हामीले कैयौं फिल्म एक साथ गरेका छौं। अजय निकैनै प्रोटेक्टिभ छन्। हाम्रो सम्बन्ध अरु भन्दा फरक रहेको छ'। एजेन्सी

१५ असार २०७४, बिहीबार ०८:५५