<pre><b>असार, काठमाडौं।</b></pre><p style="text-align: justify; "> कमेडियन कपिल शर्मा एक पटक फेरि शोको क्रममा बेहोस भएर अस्पतालमा भर्ना भएका छन्। यस खवरको पुष्टि शो का अर्का कमेडियन कीकू शारदाले गरेका हुन्। उनले अहिले कपिल अस्पतालमा रहेको र उनको परिवार उनको साथमा रहेको बताएका छन्। </p><p style="text-align: justify; ">शुक्रवार कपिल को शोमा शाहरुख खान र अनुष्का शर्मा आफनो फिल्म 'जब हेरी मेट सेजल' को प्रमोशनको लागि पुगेका थिए। तर सुटिंग सुरु हुनु अघि नै कपिलको स्थिति बिग्रिएर अस्पताल लानु परेको थियो। र शाहरुख अनुष्का सुटिंग नै नगरी फर्किनु परेको थियो। कीकुले अब को सुटिंग ११ र १३ जुलाईमा हुने बताएका छन्। तर शोमा कुन स्टार आउने भन्ने निधो नभएको बताएका छन्। </p><p style="text-align: justify; ">यस भन्दा अघि पनि कपिल शो को क्रममा स्वास्थ्य स्थिती विग्रीएर सुटिंग रोक्न परेको थियो। एजेन्सी</p>