<pre><b>साउन, काठमाडौं। </b></pre><p style="text-align: justify; ">बलिउड एक्ट्रेस कट्रिना कैफको आज जन्मदिन परेको छ। उनले आज आफ्नो ३४औं जन्मदिन मनाएकी छिन्। आइफा अवार्ड २०१७ को लागि न्युयोर्क पुगेकी कट्रिनाले आफ्नो बर्थडे पनि सोही अवार्डमै मनाएकी छिन्। </p><p style="text-align: justify; ">अमिताभको साथमा फिल्म बुम बाट डेब्यु गरेकी कट्रिनाले पहिलो फिल्मबाटै निराश हुनु परेको थियो। त्यसपछि उनी मोडलिंग तथा टिभी प्रोजेक्टमा व्यसत भएकी थिईन्। अहिले बलिउडमा आफ्नो स्थान कायम बनाउन सफल कट्रिना करियरको सुरुवातमा हिन्दी बोल्न नआएका कारणले नै कति फिल्महरुबाट आउट भएकी थिईन्। फिल्मको अफर आएपनि हिन्दी राम्रो नजानेका कारण फिल्मबाट निकालिएपछि उनले हिन्दी सिक्नका लागि क्लास भर्ना भएकी थिईन्। </p><p style="text-align: justify; ">१९८३ १६ जुलाई मा हंगकंगमा जन्मिएकी कट्रिनाले मोडलिंगको दुनियामा पहिचान बनाएपछि बलिउडमा आएकी थिईन्। कैटले मेने प्यार क्यूं किया ,हमको दीवाना कर गए, नमस्ते लंदन,पार्टनर,वेलकम, रेस ,राजनीति, धुम३ , बार बार देखो लगायत कैयौं फिल्महरुमा बाम गरेकी छिन्।</p>







१ श्रावण २०७४, आईतवार १०:१६ 








