साउन, काठमाडौं।

बलिउड फिल्म 'दंगल' सुपरहिट भएसंगै 'दंगल बाबु छोरी आमिर खान र जायरा वसीम फेरि एक साथ देखिएका छन्। उनीहरुको अपकमिंग फिल्म सीक्रेट सुपरस्टार को ट्रेलर हालै रिलीज भएको छ। फिल्ममा आमिर खान संगीतकारको भूमिकामा देखिँएका छन्। साथै जायरालाई संगीत प्रेमीको रुपमा देखाइएको छ। ट्रेलरमा जायरालाई उनका बाबुले गित गाउन मनाही गरेपछि भिडियोको माध्यमबाट आफ्नो सोख पुरा गरेको र चर्चित बनेको देख्न सकिन्छ्। संगीतमा आधारित यस फिल्मलाई अद्वैत चंदनले निर्देशन गरेका हुन्।

फिल्म यसै वर्ष दीवालीमा रिलिज हुने भएको छ। यसअघि फिल्म अगस्टमा रिलिज हुने बताइएको थियो तर शाहरूख र अनुष्काको फिल्म र अक्षय कुमारको फिल्म ट्वाईलेट एक प्रेम कथा संग आमिरको फिल्म रिलिज डेट जुधिरहेको थियो। यसकारण आमिरले फिल्म दिवालीमा रिलिज गर्ने फैसला गरेका थिए।

एजेन्सी

१९ श्रावण २०७४, बिहीबार १०:१२