‘छक्का पंजा२’ को पोस्टर, वर्षा, स्वस्तिमा र प्रियंकाकोे बेहुली रुप

साउन, काठमाडौं

पछिल्लो समय निकैनै प्रतिक्षित बनेको दिपक दिपाको चलचित्र 'छक्का पंजा २' को फस्टलुक सार्वजनिक भएको छ। मित्रता दिवसको अवसर पारेर चलचित्रको निर्मात्री तथा निर्देशक दीपाश्री निरौलाले फस्टलुक पोष्टर सार्वजनिक गरेकी हुन् । पोस्टरमा चलचित्रका मुख्य कलाकारहरु फिचरिंग भएका छन्। साथै पोस्टरमा नायिका प्रियंका कार्की, वर्षा राउत तथा स्वस्तिमा खड्कालाई बेहुली रुपमा सजिएको देखाइएको छ।

गत वर्ष प्रर्दशनमा आएको सुपरहिट चलचित्र छक्का पंजा को सिक्वेलको रुपमा बनेको यस चलचित्र असोज ११ गतेबाट देशभर प्रर्दशनमा आउँदैछ। चलचित्रमा विकासराज आचार्य कार्यकारी निर्माताको रुपमा रहेका छन्।

यस अघि रिलिज भएको चलचित्रको टिजर तथा पहिलो गित नाइलनको सारीमा ले पनि दर्शकहमा कौतुहलता थप्दै आएको छ।