साउन, काठमाडौं।

र्याम्पजोन इन्टरप्राईजेज प्रा.लि.ले आयोजनामा टिन प्रिन्सेस नेपाल–२०१७ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा आफ्ना १६ प्रतिस्पर्धीपछि पार्दै सजिना खनालले टिन प्रिन्सेस नेपाल–२०१७को उपाधि आफ्नो हात पारेकी छिन्। विजेता सजिनाले क्राउनसँगै विभिन्न उपहार प्राप्त गरेकी छिन्।

साथै प्रतियोगितामा प्रिया खड्का फस्ट रनर अप तथा सृस्टी मोडल सेकेन्ड रनरअप र सुष्मा थापा थर्ड रनरअप बनेका छन्। प्रतियोगितामा प्रसँसा ताम्राकारले मोस्ट पपुलर र बेस्ट हेयरको, रुबिसा श्रेष्ठले बेस्ट क्याटवाकको, पुजा तामाङले मोस्ट डिसिप्लेनको, सुनैना चौधरीले मोस्ट व्युटिफुल र बेस्ट स्किनको, रेनु सेन्चुरीले मोस्ट चार्मिङको उपाधि हासिल गरे ।यस्तै अर्पना खतिवडाले मल्टिमिडियो च्वाईस्, पेर्सिस राईले मोस्ट कन्फिडेन्टको, दिक्षा अधिकारीले डाईनामिकको, समिना शाहीले बेस्ट स्माईलको, निरुता रोकाले मोस्ट इन्टेलीजेन्टको, मनिषा थापामगरले मोस्ट फेन्ड्लीको र दिपा लुईटेलले बेस्ट पर्सनालिटीको उपाधि पाए ।

किशोरीहरुको व्यक्तित्व विकाशका लागि सो प्रतियोगिता आयोजना गरिएको ¥याम्प जोनकी अध्यक्ष रमी श्रेष्ठ बज्राचार्यले बताईन् ।सो प्रतियोगिताको निर्णायकमा अभिनेत्री रोशनी केसी, जेबिका कार्की, अभिनेता नविन लम्साल, सँगीतकार अनिल शाही, पत्रकार सरोज प्याकुरेल, व्यबसायी बालकृष्ण पोखरेले, वल्ड नेवा अर्गनाईजेनशकी अध्यक्ष बबिता प्रधान श्रेष्ठ थिए ।

२३ श्रावण २०७४, सोमबार ०६:४१