भदौ, काठमाडौं ।

सर्लाहीका बाढी पिडितलाई चलचित्र ‘प्रेमगीत २’ युनिटले राहत रकम र खाद्यान्न सहयोग गरेको छ । चलचित्रका मुख्य कलाकारद्धय प्रदिप खड्का र अश्लेषा ठकुरीको साथमा निर्माता सन्तोष सेन सर्लाही पुगेरै राहत वितरण गरेका हुन् । चलचित्रको टिमले सर्लाहीको रामपुर युनाइटेड क्लबलाइ नगद ४ लाख र ४ लाख बराबरको खाद्यन्न हस्तान्तरण गरेको हो ।

बिहिबार क्लवलाइ राहत हस्तान्तरण गरेको टिमले शुक्रबार भने आफै फिल्डमा पुगेर सर्लाहीको मानपुर गाउँका प्रभावितलाइ राहत वितरण गर्ने बताएको छ । भदौ २ र ३ गतेको चलचित्रको व्यापार, चलचित्रका कलाकार, निर्माता र निर्देशकबाट आर्थिक संकलन गरेर बाढी प्रभावितका लागि सहयोग गरेको निर्माणपक्षले बताएको छ ।