छाता ओडेरै हेरे रेशम फिलिली, हाउसफुलका साथ प्रदर्शनीमा (फोटो फिचर)

...

बैशाख, काठमाडौं । प्रदर्शनी अघिनै निकै चर्चामा रहेको चलचित्र रेशम फिलिली आज (शुक्रबार) बाट प्रदर्शनीमा आएको छ । हाउसफुलका साथ आज बाट प्रदर्शन भईरहेको रेशम फिलिलीको बिहिबार साँझको भब्य प्रिमियरमा एउटा भिन्दै पन दिएर कार्यक्रम गरेको थियो । रेड कार्पेटको सट्टा सुकुल विछ्याईएको फिलिली प्रिमियरमा चलचित्र क्षेत्रका धेरैको उपस्थिति रहेको थियो । प्रिमियरमा कलाकारहरुले छाता ओडेरै चलचित्र हेरेका थिए । यो चलचित्र अहिले राजधानीका प्रमुख मल्टिप्लेक्स हलहरु ७२ मध्ये ५३ वटा हलमा प्रदर्शन भईरहेका छन् । भएको छ ।

resham filili  2यसअघि छड्के र लुटमा समेत निर्माता भएका माधव वाग्ले यो फिल्मले राम्रो दर्शक तान्ने कुरामा ढुक्क हुनुहुन्छ । स्वदेशमा सार्वजनिक हुनु अघि नै विदेशमा प्रदर्शन अधिकार बेचेरै फिल्मले लगानी उठाई सकेको छ । नेपालबाट आम्दानी गरेको रकम सम्पूर्ण नाफा हुनेछ ।

resham filili  1

चलचित्रमा विनय श्रेष्ठ, मेनुका प्रधान, कर्मा, लक्ष्मी गिरी लगायतको भुमिका रहेको छ । माधव वाग्लेले बनाएको ‘रेशम फिलिली’मा कालीप्रसाद बाँसकोटाको संगीत रहेको छ । कालीप्रसाद र सोमिया बराईलीले गाएको ‘जालमा’ बोलको गीत निकै सुपरहिट भएको छ । युट्युवमा मात्रै बिभिन्न भिडियोहरु गरेर करिब एक कराडे पटक हेरिसकिएको छ । चलचित्रको अफिसियल अडियो मात्र २१ लाख भन्दा बढि  पटक हेरीसकिएको छ।

resham filili  3

resham filili 4

resham filili 5

resham filili  6

resham filili  7