सन्तोषले ल्याए ६ गीत सहितको ‘प्रतिक्षा’ एल्बम

आर्टिस्ट खबर/ भदौ, काठमाडौं ।

नेपाली गीतसंगीतको क्षेत्रमा पाइला चाल्दै गरेका नव–गायक सन्तोष थुलुङ राईले आफ्नो पहिलो एल्बम ‘प्रतिक्षा’ बजारमा ल्याएका छन् । ६ वटा गीत समावेश उक्त शनिबार राजधानीमा एक कार्यक्रमका बिच बिमोचन गरिएको थियो । एल्बम बरिष्ठ गायक तथा संगीतकार गणेस रसिक, संगीतकार शान्तिराम राईले एल्बम संयुक्त रुपमा बिमोचन गरेका थिए ।

सार्वजनिक एल्बममा ६ वटा गीत समावेश छन् । सम्पुर्ण गीतमा सनम पुरुष राईको संगीत रहेको छ भने गायक सन्तोषलाई मेनुका राई र मेलिना राईले साथ दिएका छन् । सन्तोषलाई ‘तिम्रो रुपैले’ बोलको गीतमा मेलिना राई र ‘तिम्रो चोखो माया’ बोलको गीतमा मेनुका राईले साथ दिएकी छिन् । अन्य चार गीतमा सन्तोषको एकल आवाज रहेको छ ।

पुर्वेली जुनतारा म्युजीकको प्रस्तुतीमा रहेको ‘प्रतिक्षा’ एल्बमको बारेमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ गायक तथा संगीतकार गणेश रसिकले सन्तोषको प्रयास राम्रो भएको बताए । साथै रसिकले गीतमा अझै धेरै दुख गर्नुपर्ने पनि सुझाव दिएका थिए । साथै कार्यक्रममा अर्का अतिथि संगीतकार शान्तिराम राईले एल्बमको बारेमा समिक्षकको रुपमा बोल्दै अझै धेरै सुधार्नु पर्ने सझाव दिएका थिए । उनले सन्तोषलाई ‘फाष्ट बिट’ का गीतहरु सुहाउने भन्दै अहिले तत्कालका लागी ‘स्लो बिट’का गीतहरु नगाउन सुझाव दिएका थिए ।

कार्यक्रममा सबैगीतमा संगीत भरेका संगीतकार सनम पुरुष राईले पनि आफुले सबै गीतमा न्यायपुर्वक संगीत भरेको बताएका थिए । एक संगीतकारले गीतमा दिनुपर्ने सम्पुर्ण कुरा दिएको भन्दै दर्शकले मन पराउनेमा आशावादी रहेको पनि बताए । कार्यक्रममा गायिका मेनुका राई उपस्थिती थिइन् भने मेलिना राई अनुपस्थित थिइन् ।