<pre><b>भदौ, काठमाडौं। </b></pre><p><p style="text-align: justify;">बलिउडका सदाबहार हिरो अमिताभ बच्चनको लोकप्रियता दिन प्रतिदिन बढ्दै गइरहेको छ। कमाइको मामलामा उनलाई शाहरुख खानले पछि पारेपनि लोकप्रियताको मामलामा अझै पनि अमिताभ नै सबैभन्दा अघि छन्। वास्तवमा हामी सामाजिक संजाल ट्वीटरमा उनको फलोअर्सको कुरा गर्दैछौं <br>बिग बिको नामले चिनिएका अमिताभलाई फलो गर्नेको संख्या २९ मिलियन पुगेको छ। यो संख्या शाहरुख खान, सलमान खान र अक्षय कुमार का फलोअर्स संख्या भन्दा निकै माथि रहेको छ। यसबाट सावित हुन्छ कि बिग बि को क्रेज अझै पनि फ्यानहरुमा उत्तिकै रहेको छ। फिल्म इन्डष्ट्रीमा यो संख्या सबैभन्दा धेरै रहेको छ। <br>अमिताभ पछि बढि फ्यान फलोअर्स हुनेमा शाहरुख खान पर्छन्। उनको फलोअर्स २७.६ मिलियन रहेका छन्। साथै एक्ट्रेस दीपिका पादुकोण २० मिलियन फलोअर्सको साथमा एशिया कै सबैभन्दा धेरै फलो गरिने महिला बनेकी छिन्। एजेन्सी</p></p>