आर्टिस्ट खबर/ भदौ, काठमाडौं ।

बिगतका बर्ष जस्तै यसबर्षपनि ‘राष्ट्रिय संगीतकर्मि संघ’ले बिभिन्न दुईदर्जन बढी कलाकारहरुलाई सम्मान गरेको छ । गएको शनिबार राजधानीको राष्ट्रिय नाँचघरमा एक कार्यक्रमका बिच ३३ जना कलाकारहरुलाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा दर्जनबढी समाजसेवीहरुलाई पनि सम्मान गरिएको थियो ।

गायक प्रकाश कटुवाल, रबिन लामिछाने, सागर गुरुङ, अमृत खाती, दिपेन्द्र सिटौला, चन्द्र प्र. भट्टराई, सरिता शाही, निरु कार्की, गीता शाही, रुपक थापा, सुमित्रा लामा, प्रेम अर्याल, बिशाल रायमाझि, कृष्ण रेउले, एलिना रायमाझि, दिपसागर थापा, सुजन लम्साल, निरु पराजुली, सुमन परियार लगायतका कलाकारहरुलाई कार्यक्रममा प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री तथा पुर्व गृहमन्त्री बामदेव गौतमको हातबाट सम्मान पत्र प्रदान गरिएको थियो ।

प्रमुख अतिथि गौतमले नेपालमा तथा विश्वमै कलाकारहरुलाई जहाँपनि सम्मान गर्ने र नेताहरुलाई जहाँपनि हेला गर्ने भन्दै नेताहुनु नराम्रो धारणा दिएका थिए । तर सबैको मन एकैनहुने र कतिलाई नेता र नेतृत्व मनपर्ने पनि बताएका थिए । ‘कलाकारहरुलाई पनि नेता मन पर्दो रहेछ त्यसैले त मलाई कार्यक्रमसम्म प्रमुख अतिथिको रुपमा बोलाइदिनुभयो ।’, गौतमले भने । आयोजक संस्था ‘राष्ट्रिय संगीतकर्मि संघ’का अध्यक्ष गायक नवराज घोरासैनीले आफ्नो संघले गीतसंगीतको क्षेत्रमा सदैव राम्रो काम गर्दै आएको र बिशेषतः नयाँ प्रतिभाहरुलाई स्वागत गर्दै गीतसंगीतको क्षेत्रलाई फराकिलो बनाउने उद्देश्य रहेको बताएका थिए । उनले प्रत्येक बर्ष गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका कलाकारहरुलाई सम्मान गर्दै आएको पनि बताएका थिए ।

त्यस्तै कार्यक्रमका संयोजक दुलालले पनि आफ्नो र संघको सम्पुर्ण सदस्यसाथीहरुको प्रयासबाट कार्यक्रम सफल भएको र स्रष्टाहरुलाई सम्मान गर्नपाउँदा खुसी लागेको बताएका थिए । कार्यक्रममा गीतसंगीतक्षेत्रका पुराना तथा नयाँ कलाकारहरुलाई पनि सम्मान गरिएको थियो ।

१८ भाद्र २०७४, आईतवार ०९:४४