शिल्पाको फोटो खिच्दा फोटोग्राफरलाई कुटपिट

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">बलिउड एक्ट्रेस शिल्पा शेट्टीलाई लिएर निकै ठुलो खवर बाहिरिएको छ। मिडियाका अनुसार एक होटल बाहिर शिल्पा सेट्टी र उनका श्रीमान राज कुन्द्राको फोटो लिन कोसिस गरिरहेका दुई फोटोग्राफरमाथि होटलका दुई बाउन्सर्सले कुटपिट गरेका छन् । उक्त घटनामा एक फोटोग्राफरलाई गहिरो चोट लागेको छ । फोटोग्राफरको उजुरीपश्चात् पुलिसले मुद्दा दर्ता गरेर दुई बाउन्सर्सलाई पक्राउ गरको छ।</p><p style="text-align: justify; ">यो घटना बिहिबार राती भएको हो। शिल्पा शेट्टी आफ्नो पतिको साथमा एक होटलमा डिनरका लागि पुगेकी थिईन्। होटलमा रहेका फोटोग्राफरहरुले उनीहरुलाई देखेर फोटो खिच्न सुरु गरे । शिल्पा शेट्टीले पनि सहज तरिकाले फोटोग्राफरलाई पोज दिइरहेकी थिइन् ।यसै क्रममा होटलबाट दुई बाउन्सर आए र फोटोग्राफरलाई त्यहाँबाट जानका लागि आग्रह गरे । फोटोग्राफरले उनीहरुको कुरा नसुनेझैं गरे र शिल्पाको फोटो खिचिरहे ।तर जब फोटोशुट पछि शिल्पा आफ्नो कारमा बसिन् होटलका बाउन्सर्सले फोटोग्राफरमाथि हमला गरेका थिए ।यो घटनामा ति फोटोग्राफरहरु घाइते भएका थिए। दुर्घटनाको एक घण्टापछि होटल मालिकले फोन गरेपछि पुलिस त्यहाँ पुगेको थियो त्यसपछि दुबै आरोपीलाई पक्राउ गरिएको बताइएको छ ।एजेन्सी</p>