<pre><b>भदौ, काठमाडौं। </b></pre><p style="text-align: justify; ">नायक आर्यन सिग्देल र नायिका रेखा थापाको केमेष्ट्री रहेको चलचित्र 'रुद्रप्रिया' को नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक 'घरि घरि आउँछ तिम्रो याद' बोलको गीतको भिडियोमा रेखा थापाले लिप्सिङ दिएकी छिन् ।सुरेश अधिकारीको शब्द तथा संगीत रहेको यस गीतमा बानिका प्रधानको स्वर रहेको छ । गीतमा नायिका रेखा थापा निर्मोहीको यादमा तड्पिएको देखाइएको छ। यस अघि रिलिज भएको चलचित्रको गीत 'चिरविर चिरविर चाँचरी'लाई पनि दर्शकले निकै रुचाएका थिए। </p><p style="text-align: justify; ">सुदिप बबी भूपाल सिंहको निर्देशनमा बनेको यस चलचित्र कार्तिक २ गतेबाट प्रर्दशनमा आउने भएको छ। रेखा फिल्मसको ब्यानरमा निर्माण भएको रेखा थापा प्रस्तुकर्ता रहेको फिल्म ‘रुद्रप्रिया’लाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/z77drRxrF5Q" width="640" height="360" class="note-video-clip"></iframe><br></p>







२५ भाद्र २०७४, आईतवार ०३:२० 








