भदौ,काठमाडौं।

बलिउड एक्ट्रेस कंगना रनावत यतिवेला आफ्नो विगतको सम्बन्ध र विवादका कारण चर्चामा छिन्। त्यसोत कंगना आफ्नो आगामि फिल्म सिमरन को प्रमोशनका लागि देशभर घुमिरहेकी छिन्। तर पनि उनी आफ्नो फिल्म भन्दा बढी आदित्य पंचोली, ऋतिक रोशन र करण जोहर संगको विवादलाई चर्चामा ल्याइरहेकी छिन्। यसका कारण उनका विरोधी तथा समिक्षकहरुले कंगना आफ्नो फिल्मको पब्लिसिटीको लागि व्यक्तिगत जिवनलाई प्रयोग गरेको बताएका छन्।

हालै एक इंटरव्यूमा कंगनाले यस कुराको विरोध गर्दै भनेकी छिन् -'यदि म पब्लिसिटी को लागि आफैलाई प्रमोट गर्न चाहन्थेँ भने खान हरुको फिल्म गर्न सक्थेँ। फेयरनेस क्रीमको विज्ञापन तथा अवार्ड कार्यक्रम, रेड कार्पेट मा आउन सक्थें। तर मैले यो सब गर्न चाहिँन किनकी म तनावमुक्त जिवन जिउन चाहन्छु। सबैको लागि राम्रो कुरा यो हो कि तपाई आफ्नो काम गर्नुस र आफ्नो जिवन जिउनुस्। बाँकी सबै भगवान लाई छोड्नु पर्छ'।

कंगना माथि आरोप लागेको छ कि उनी फिल्मको प्रमोशनको नाममा केही व्यक्तिहरुलाई व्यक्तिगत अट्याक गरिरहेकी छिन्। उनको फिल्म प्रमोशन मा फिल्मको कुरा भन्दा बढी आदित्य पंचोली, ऋतिक रोशन, करन जोहरको कुरा हुने गर्छ। कंगनाले आफ्नो दुखले भरिएको कहानी सुनाउनु केवल पब्लिसिटीको लागि हो भनिएको छ। एजेन्सी

२५ भाद्र २०७४, आईतवार ०६:२१