टंक बुढाथोकीले ल्याए ‘दशै आयो, परदेशीको मनै रुवायो’ भिडियो

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p>नेपालीहरुको महान पर्व दशैं नजिकँदै गर्दा यतिवेला दशैका गीतहरु पनि धेरै आउन थालेका छन। यसैविच गायक तथा संगीतकार टंक बुढाथोकीको दशैं गीतको नयाँ भिडियो सार्वजनिक भएको छ । ‘दशै आयो दशै आयो परदेशीको मनै रुवायो’ बोलको यस गीतमा शव्द तथा संगीत दिपक पाण्डेको रहेको छ। गीतमा गायक, सङ्गीतकार साथै एरेन्जरको रुपमा चर्चा कमाइरहेका टंक बुढाथोकीले स्वरभरेका छन्। दशैंका बेला परदेशीहरुको अवस्था कस्तो हुन्छ भन्ने वास्तविकतालाई नजिकबाट प्रस्तुतिकरण गरिएको यो भिडियो कारुणिक र मर्मस्पर्शी बनेको छ ।&nbsp;</p><p>महान् चाड बडादशैंको परम्परागत शैली र आधुनिक बाध्यतालाई फ्युजन गरेर बनाइएको भिडियो हेर्न लायक बनेको छ ।भिडियोमा मुख्य अभिनय मा बलराम र सुप्रिया, मोहन, लक्ष्मीका साथै युएईमा सहयोगी पात्रहरू खगेन्द्र बुढाथोकी, भरत बुढाथोकी, पारस लामा, मोहन शिवाकोटी, प्रबिन निरौला, आशिष पुरुष, सुमन भट्टराई, रुक्मान थापा, प्रेम अधिकारी लगायतका दुई दर्जन भन्दा बढी प्रवासी नेपालीहरुको उपस्थिति रहेको देख्न सकिन्छ भने भिडियोको सुटिङ दुबई, सारझाहा,आजमान र रासअलखैमा मा गरिएको हो ।&nbsp;</p><p><pre>भिडियो &nbsp;हेर्नुहोस&nbsp;
<iframe frameborder="0" src="//www.youtube.com/embed/u3Lihb4X3JI" width="640" height="360" class="note-video-clip"></iframe>
</pre><br></p>