<pre><b>भदौ, काठमाडौं।</b></pre><p>क्विन्स इभेन्ट द्वारा आयोजित किशोर–किशोरी हरुको सौन्दर्य प्रतियोगिता ‘लिटिल किङ एण्ड क्विन’ सम्पन्न भएको छ। प्रतियोगितामा यस वर्षको ‘लिटिल किङ एण्ड क्विन’को उपाधि अविरल खत्री तथा दिया शाक्यले हात पारेका छन्। </p><p>प्रतियोगितामा रञ्जना गापी तथा सुनयना दुवालले फस्ट रनर्स अप तथा अस्मिता अवाल र प्रोमिस थापाले सेकेण्ड रनर्स अपको उपाधि जितेका छन्। साथै अञ्जली पात्र तथा राजिव सुवालले मोस्ट पपुलरको शीर्षक उपाधि जितेका छन्। </p><p>त्यस्तै बालबालिकातर्फको प्रतिस्पर्धामा मलिना रोक्का तथा अनिकेत मुल्गुथीले मुख्य उपाधि जितेका छन् । भक्तपुरको टुरिजम मार्केटमा आयोजित बालबालिकातर्फ प्रतिस्पर्धामा बिबिका लामा तथा सोनु बासुकलाले फस्ट रनर्स अप तथा अमिशा ढकाल र रेहान दुवालले सेकेण्ड रनर्स अपको उपाधि जितेका छन्। प्रतियोगितामा कृना खोजु तथा अनुप राईले मोस्ट पपुलरको उपाधि जित्न सफल भएका थिए । </p><p> </p>