म्युजिक खवरको वार्षिकोत्सवमा स्रष्टाको सम्मान

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>&nbsp;‘म्यूजिक खबर पाक्षिक’ले आफ्नो प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसर पारेर सोमवार राजधानीमा आयोजीत एक कार्यक्रममा 'म्यूजिक खवर पाक्षीक'ले &nbsp;बरिष्ठ लोक गायक कुमार बस्नेत, बरिष्ठ गायिका चन्द्रकला शाह,चर्चित संगीतकार राजनराज सिवाकोटी र चर्चित लोक गायिका देबि घर्तिलाई सम्मान गरेको छ ।कार्यक्रममा प्रमुख अतिथि रहेका संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँसकोटाले दोसल्ला ओडाएर स्रष्टालाई सम्मान गरेका थिए&nbsp;। कार्यक्रममा पाक्षिकले वरिष्ठ लोकगायक कुमार बस्नेत र गायिका चन्द्रकला शाहलाई ‘म्यूजिक खबर स्रष्टा सम्मान’ प्रदान गरेको थियो भने &nbsp;संगीतकार राजनराज शिवाकोटी र देबी घर्तीलाई ‘म्यूजिक खबर पपुलर अफ दि इयर’ बाट सम्मानित गरेको थियो।</p><p><img src="http://artistkhabar.com/uploads/posts/c838aa84a55a9166f5fd7c101f09ba0d1505803453.jpg" style="width: 900px;"><br></p><p>कार्यक्रममा म्यूजिक खवर म्यूजिक अवार्ड सम्पन्न गर्न सहयोग गर्नेहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित ब्यक्तिको तर्फबाट बरिष्ठ लोक गायक कुमार बस्नेत ,संघ संस्थाको तर्फबाट राष्ट्रियलोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीले आफना भनाई राखेका थिए । त्यसै गरी पत्रिकाका सल्लाहकार शान्ति प्रिय ,सम्पादक सुमन पण्डित, र ब्यबस्थापक सविता पोख्रेलले पत्रिकालाई यहाँ सम्म ल्याउन सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गरेका थिए ।</p>