‘छक्का पंजा २’ संग भिड्दै सौगात र वर्षाको ‘मेरो पैसा खोई’

असोज, काठमाडौं।

दर्शकहरुमाझ निकैनै प्रतिक्षित बनेको चलचित्र 'छक्का पंजा २' असोज ११ बाट देशभर प्रर्दशनमा आउँदैछ्। यसका साथै अर्को चलचित्र 'मेरो पैसा खोई' पनि सोही दिनमा आउने भएको छ। यसअघि 'छक्का पंजा २' एक्लै प्रर्दशन हुने भनिएको थियो । र 'मेरो पैसा खोई'ले पनि कार्तिकमा रिलिज मिति तोकेको थियो। तर अब भने यि दुई चलचित्र एकसाथ प्रर्दशनमा आउने भएका छन्।

कमेडी प्रधान बिषयमा निर्माण भएको मेरो पैसा खोई'मा सौगात मल्ल, वर्षा राउत, वुद्धि तामाङ, छुल्ठिम गुरुङ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।रोचक कुरा त यो छ कि नायिका वर्षा राउतका दुई चलचित्र एकसाथ आउने भएका छन्।

दिपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र 'छक्का पंजा २' यतिवेला मोफसल टुरमा व्यापर प्रचारप्रसारमा लागेको छ्।

रोज राणाको निर्माण निर्देशन रहेको चलचित्र ‘मेरो पैसा खोई’ले आज बाट प्रचारप्रसारलाई व्यापक बनाउने भएको छ। बितरक सुनिल मानन्धरले पनि ११ असोजमा चलचित्र ‘मेरो पैसा खोई’ ल्याउन लागेको बताए । धेरै चलचित्र भवन उपलब्ध हुने बाताबरण सहित ‘मेरो पैसा खोई’ ल्याउन लागेको मानन्धरको भनाई रहेको छ ।