छोटो चोलीका कारण सारा सहरको फोकस भइन् प्रियंका (भिडियो)

असोज, काठमाडौं।

नायिका प्रियंका कार्की र सौगात मल्लको अभिनय रहेको चलचित्र ‘फाटेको जुत्ता’ को नयाँ गीत सार्वजनिक भएको छ ।चलचित्रको पहिलो गीत  ुआई एम सरीु बोलको गीतले युट्युबमा २० लाख भ्यू पाएको अवसर पारेर बुधवार राजधानीमा एक कार्यक्रमका बिच  ुचोलीु बोलको गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोामा प्रियंका कार्कीको गज्जबको डान्स देख्न सकिन्छ भने सौगात मल्ल पनि आक्कलझुक्कल देखिएका छन् ।

मिना निरौला र शंकर थापाको स्वरमा रहेको गीतको शब्द डि.पि. खनालले लेखेका हुन् । गीतको कम्पोज पनि स्वयं गायक शंकर थापाकै रहेको छ । गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका छन् ।

कार्तिक १७ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । अर्जुन कुमारको निर्माणमा बनेको चलचित्रमा प्रियंका र सौगात सँगै कामेश्वर चौरासिया, रबिन्द्र झा, अनुज पाण्डे लगायतका कलाकारहरु मुख्य भुमिकामा देखिदैँ छन् ।