‘कभर गीत अनलाइन सिङगिङको उपाधि सुमनलाई

असोज, काठमाडौ ।

गायक पदम राईको ‘फुल टिपे काडा बनको’ र तिमिलाई देखेपछी बोलको गीत कभर प्रतियोगिताको विजेताहरुलाई प्रमाणपत्रसंगै नगद हस्तान्तरण गरिएको छ ।

साङ्गीतिक भेटघाट चौतारी सामाजिक संजाल फेसबुक ग्रुपको पहिलो अभियान तथा रुबुशा क्रियटिभ वर्कको आयोजनामा भएको ‘अनलाइन सिङगिङ कम्पिटिसन साङ्गीतिक भेटघाट चौतारी आइडल–२०७४’को उपाधी सुमन श्रेष्ठले जितेका छन् । उनले उपाधी संगै नगद ५० हजारपनि प्राप्त गरेका छन् ।

चर्चित गायक राजेश पायल राईको प्रमुख आतिथ्यमा गत अशोज ५ गते अनामनगरको युनियन हाउसमा भएको कार्यक्रममा विजेता सुमनलाई ५० हजार नगद गायक राजेश पायलले नै हस्तान्तरण गरेका थिए । त्यस्तै क्रमशः फस्ट रनरपको उपाधी अमृत लिम्बुले हात पर्दा सेकेन्ड रनरपको उपाधी अमर तामाङ्गले जिते । प्रतियोगिताको थर्ड रनरप बसन्त दुुखुम राईले जितेका छन् ।

क्रमशः फस्ट रनरपलाई ३० हजार, सेकेन्ड रनरपलाई २० हजार र थर्ड रनरपलाई १० हजार कार्यक्रममै दिइएको थियो । सो रकमपनि गायक राजेश पायलकै हातबाट हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बिशेष अतिथी संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, प्रस्तोता समाजका महा–सचिव राई नबीन, नृत्य निर्देशक गोबिन्द राई, गीतकार राम भट्टराई अतिथी रहेको कार्यक्रममा आयोजकले ७ जना सान्तवना विजेतालाईपनि सम्मान गरेको छ । सान्तवना हुनेमा बसन्ती लिम्बु, राज खिम्दीङ लिम्बु, बिरेन्द्र सुनवार, विकास राई, सन्तोष रसाइली, विमल सिगु लिम्बु, मिनराज चाम्लीङ रहेका छन् । उनीहरुलाई पनि ५–५ हजार दिइएको थियो ।

विजेताहरुलाई प्रमाणपत्रसंगै नगद हस्तान्तरणपनि कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा चर्चित गायक राजेश पायल राईले विजेता सबैलाई बधाई दिए । आफ्नो संर्घषका दिनहरु सम्झिदै गायक राजेश पायलले विजेताहरुलाई संघर्षको दिनहरु सुरु भएको सल्लाह दिए ।

त्यस्तै बिशेष अतिथी संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषलेपनि विजेताहरुलाई बधाई दिदै विदेशमा बसेरपनि संगीतको सम्मान स्वरुप यो कभर प्रतियोगितालाई बुझेको बताए ।

‘अनलाइन सिङगिङ कम्पिटिसन साङ्गीतिक भेटघाट चौतारी आइडल–२०७४’को  निर्णायक गायक तथा संगीतकार बिनोद खम्बु र गायक बिक्रम राईले गरेका थिए । यस प्रतियोगिताको प्रायोजकहरुमा मनकुमार सामपाङ राई(मलेसिया), राज मादिहाङ(दुबइ), बाबु राई(मलेसिया), सन्जु लिम्बु, पुर्ण खालिङ राई, लब्ली सुजु साम्पाङ राई, गंगा राई, बिष्णु पोल्माछा चाम्लिङ(मलेसिया) लगायत रहेका छन् ।

साङ्गीतिक भेटघाट चौतारी सामाजिक संजाल फेसबुक ग्रुपको पहिलो अभियानको कार्यक्रम सफल भएपछि फेरी दोस्रो कभर गीत प्रतियोगिता गर्ने बिष्णु पोल्माछा चाम्लिङले बताए । दोस्रो प्रतियोगिताको आयोजना विशाल चौतारी मिडिया प्रा.ली. बाट हुने समेत बिष्णुले बताए ।