यसपटकको दशैँ यसरी मनाउदैछिन् रेखा थापा

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>हर्षोउल्लासको पर्व दशैं हरेक नेपालीहरुको घरदैलोमा आइसकेको छ। दशैं आएलगत्तै सपिंग गर्ने ,घुम्न जाने तथा आफ्ना बुबा आमा तथा आफन्तहरुबाट आर्शिवाद लिने, मिठो खाने भन्ने सम्झिइन्छ्। नेपाली सेलिब्रेटीहरुका लागि पनि दशैं निकै विशेष हुने गर्छ। सेलिब्रेटीहरुले दशैँ कसरी मनाउलान भन्ने कौतुहलता पनि उनको फ्यानहरुमा निकै हुने गर्छ। <br>यस्तैमा चर्चित नायिका रेखा थापाले &nbsp;आफ्नो चलचित्र रुद्रप्रियाका कारण विशेष हुने बताएकी छिन्। आफु रुद्रप्रियाकै तयारीमा व्यस्त रहने बताउँदै उनले भनिन् -चलचित्र को कामसँगै म दशैँमा मन्दिर जान्छु, टिका लगाउँछु, मासु खान्छु, पिङ खेल्छु, आफुभन्दा ठुलोसँग आर्शिवाद लिन्छु । त्यस्तो बिशेष त केहि पनि छैन तर बच्चामा जे सिकेको छु त्यसरी नै मनाउँछु, अन्य त्यस्तो केहि पनि छैन ।’</p>