महिला दुर्व्यवहारको विषयमा केकीको मन छुने स्टाटस्

असोज, काठमाडौं।

गायिका निक्की कार्की सांगीतिक प्रस्तुतिका लागि अमेरिकाको नर्थ क्यारोलिना पुग्दा आयोजक संस्थाका प्रतिनिधिले यौन दुर्व्यवहार गरेको कुराले पछिल्लो समय मिडिया निकै तताएको छ।  यसै विषयलाई लिएर नायिका केकी अधिकारीले आफ्नो फेसबुकमार्फत महिला भएकै कारणले भोग्नुपरेको पिडाको विरुद्धमा आवाज उठाऊँ भन्दै स्टाटस लेखेकी छिन्। उनले दुर्व्यवहारको घटना नभोग्ने सायद कमै महिला होलान भन्दै अब महिला भएकै कारण भोग्नुपरेका व्यवहारविरुद्ध आफ्ना लागि मात्र नभएर सबै पीडितको मनोबल उच्च बनाउनका लागि, पुरुष भएकै कारण शोषण गर्न खोज्नेलाई निरुत्साहित पार्नका लागि बोल्न जरुरी भएको बताएकी छिन्। यस्तो छ उनको मनछुने स्टाटस :

महिलाहरुले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारका यौन दुव्र्यवहार वा यातना भोग्नुपरेको नै हुन्छ। महिला भएकै कारण कति यस्ता ब्यवहार हरेक दिन जस्तै नै भोगिरहेका महिलालाई यो सामन्य पनि लाग्दै जान्छ अनि म केटी मान्छे हुँ म आफै बच्नुपर्छ नि भनेर त्यो कुरालाई कोट्याउन चाहादैनौँ। एउटा केटी मान्छेको दिन को सङ्घर्स घरबाट निस्केदेखी नै सुरु हुन थाल्छ। बाटोमा हिड्दा यति सतर्क भएर हिड्नुपर्ने हुन्छ कि कसैले झुक्किएर लागेको जस्तो गरेर आफ्नो संवेदनसिल अङ्ग नछोइदियोस, स्कुटीमा महिला भएकै कारणले अत्याउन नजिकै आउने सवारीसाधनको डर होस् , आफुले काम गर्ने ठाँउमा हरेक दिन सतर्क भएर कसैले आफ्नो हाँस्ने अनि सब संग खुलेर बोल्ने बानीलाई आफ्नो हिन्ट त सम्झिरहेको छैन भन्ने डर । यी अनि यस्ता थुप्रै डरले जिन्दगी भर आफ्नो कुम खुम्चाएर, हाँसो लुकाएर अनि पाइला पाइलामा आफुलाइ जोगाएर हिंड्न बाध्य छौँ हामी। मेरो उमेर अनि बढीका तपाईं जो सुकै एक जना महिलालाई सोध्नुस् यो विषयमा ,कुनै पनि यस किसिममा भोगाइ नभोगेका भाग्यमानी सायदै पाउनुहुनेछ।तर हामी आफै भित्र दबाइदिन्छौँ । हामीले अब महिला भएकै कारणले भोग्नुपरेका व्यवहार अनि बोलीको विरुद्ध बोल्न जरुरी छ। आफ्नो लागि मात्र नभएर सबै पीडितको मनोबल उच्च बनाउनका लागि अनि पुरुष भएकै कारणले शोषण गर्न खोज्ने सोचलाई निरुत्साहित पार्नको लागी ।।