कोमल वलीले गरिन् पार्टी परिर्वतन, अब एमाले बाट चुनावमा उठ्दै

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>सांगितीक क्षेत्र संगसंगै राप्रपा बाट राजनितीक &nbsp;यात्रामा होमिएकी चर्चित गायिका नथा नेतृ कोमल वलीले पार्टी परिवर्त गरेकी छिन्। &nbsp;सोमबार कोमल ओलीले राप्रपा परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेकी छिन् । &nbsp;मंसीरमा हुने चुनावमा गृह जिल्ला दाङबाट प्रत्यक्ष रुपमा उठ्न लागेकी उनले सोमबार गृह जिल्ला दाङ पुगेर एमाले उपाध्यक्ष बामदेव गौतमको हातबाट अविर र माला लगाएर कोमल एमाले प्रवेश गरेकी हुन् ।&nbsp;</p><p>रेडियो नेपालमा कार्यरत हुंदादेखि नै राजावादी भनेर चिनिएकी कोमल ओली यसै बर्ष रेडियो नेपालको जागिर छोडेर राप्रपा प्रवेश गरेकी थिइन् । ओलीले राप्रपा महाधिवेशनमा खुला तर्फ केन्द्रिय सदस्यमा उठेर शानदार जित समेत हात पारेकी थिइन् । तर पार्टी विभाजन भएसँगै उनी असन्तुष्ट थिइन् । गृह जिल्ला क्षेत्र नं ३ बाट प्रदेश चुनावमा उठ्ने घोषणा सहित कोमल एमाले प्रवेश गरेकी हुन् ।</p>