नेपालमा कन्सर्ट गर्दै बलिउड गायक अंकित,साथमा ‘रोमियो’ टिम

...

<pre><b>असोज,काठमाडौं।&nbsp;</b></pre><p>बलिउडका चर्चित पार्श्व गायक अंकित तिवारीले नेपालमा हुने भव्य कन्सर्टमा सहभागिता जनाउने भएका छन् । आफ्नो नयाँ म्यूजिक भिडियो प्रमोशनका क्रममा उनि २१ अक्टोबरमा चितवनमा आयोजना हुन लागेको भव्य कन्सर्टमा सहभागी हुन नेपाल आउन लागेका हुन् ।&nbsp;</p><p>&nbsp;अंकितले एक भिडियो सन्देश मार्फत आफू आफ्नो नयाँ म्यूजिक भिडियो 'तुम हर दफा'को प्रमोशनका लागि नेपाल आउन लागेको बताएका छन् । ज्याज इन्टरटेन्टमेन्ट र नविन उपाध्यायको आयोजनामा हुन लागेको यो कन्सर्टमा चर्चित गायक तिवारीले आफ्ना हिट गीतहरु गाउनेछन् । यो कन्सर्ट चितवनको क्याम्पस चौरमा आयोजना हुँदैछ ।</p><p>यो कार्यक्रममा नेपाली चलचित्र 'रोमियो'ले सपोर्ट गरेको छ । अंकितले आफ्नो भिडियो सन्देशमा 'रोमियो'को नाम लिदै आफ्नो कन्टर्समा सपोर्ट गरेको उल्लेख गरेका छन् । यो कार्यक्रममा चलचित्र 'रोमियो'का कलाकारले करिब १५ मिनेटको प्रस्तुती दिने निर्माता तथा नायक हसनराजा खानले जानकारी दिए । यो चलचित्र कात्तिक २४ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ ।</p><p>&nbsp;चलचित्रमा मेलिना मानन्धर, नीशा अधिकारी, हसनराजा खान, ओसिमा बनु लगायतका कलाकारको मुख्य भूमिका छ । हसनले भने-'अंकितको कन्सर्टमा हामी पनि जोडिएका छौ । दर्शकले हाम्रो प्रस्तुतीलाइ पनि मन पराइदिनुहुनेछ भन्नेमा विश्वस्त छौं'</p>