खुल्यो ‘मिस्टर एण्ड मिस रोट्याक्ट’को आवेदन

असोज,काठमाडौं।

रोटयाक्टमा आवद्ध युवाहरुको क्षमता प्रर्वद्धन गर्न, रोटरी तथा रोट्याक्टको छवीलाई थप उचाईमा पु¥याउन नेपालमा मिस्टर एण्ड मिस रोट्याक्ट प्रतियोगिता हुने भएको छ। प्रतियोगितको पहिलो संस्करणकोलागी  आवेदन खुल्ला गरिएको छ । रोटरी डिस्ट्रक्ट ३२९२ नेपाल भुटानको आयोजनामा हुने मिस्टर एण्ड मिस रोटयाक्टको पहिलो संस्करणकोे लागि आवेदन खुल्ला गरेको कार्यक्रम संयोजक रोट्याक्टर सुमित वर्जाचार्य जानकारी दिएका छन्।

प्रतियोगितामा विजेता हुनेले नगद एकलाख रुपैया सहित रोटरी डिस्टिक ३२९२ नेपाल भुटानकोको व्राण्ड एम्वेस्डर हुनेछ । सोसँगै अन्य पुरस्कार तथा मायाको चिनो प्राप्त गर्नेछन् । रोटरी डिस्ट्रक्ट ३२९२ को आयोजना तथा रोट्याक्ट क्लव अफ पाटन साउथ, हिमालय पाटन, जाउलाखेल मन्जुश्री, स्वयम्भू, भैसेपाटी, न्युरोड सिटी र रोट्याक्ट क्लव अफ थेम्स कलेजको संयुक्त व्यवस्थापन र युनी क्याम्पसको सहयोगमा हुने भएको हो ।

नेपालभरी छरिएर रहेको १२० वटा क्लवहरुमा आवद्ध युवा युवतीहरुले प्रतियोगितामा भाग लिन पाउने कार्यक्रम विकास समितिका संयोजक रोट्याक्टर स्नेह शाक्यले वताएका छन् ।

प्रतियोगिताका लागि पहिलो अडिशन देशको मुख्य शहरहरु धरान, नारायणगढ, वुटवल, पोखरा र काठ्माण्डौ गरी ५ ठाउँमा हुँदैछ, काठमाडौं वाहेक वाँकी शहरहरुमा नोभेम्वर ४ मा कार्यक्रम तय गरिएको छ भने काठमाडौंका लागि अक्टोवर २८ मा कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।