खगेन्द्र र मेनुकाको जोडीमा बन्ने भयो ‘डमरुको डन्डीबियो’

...

<pre><b>असोज, काठमाडौं।</b></pre><p>चलचित्र 'पशुपतिप्रसाद', 'टलकजंग भर्सेस टुल्के' तथा 'धनपति' बाट दर्शकहरुको रोजाईमा परेका कलाकार तथा लेखक खगेन्द्र लामिछानेको मुख्य भुमिकामा अब अर्को चलचित्र बन्ने भएको छ। शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा खगेन्द्रको लेखन तथा अभिनय रहने चलचित्र डमरुको डन्डीबियो’को घोषणा गरिएको छ। चलचित्रमा खगेन्द्रको साथमा मेनुका प्रधान, अनुप बराल, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, नन्दन थापा, इन्नी होवो, रश्मी पाण्डे, जीवन थापा, लक्ष्मण विक्रम बस्नेत, अंकित खड्का लगायतका कलाकारहरुको अभिनय रहने बताइएको छ।</p><p>&nbsp; लेखक छेतेन गुरुङको निर्देशनमा बन्न लागेको यस चलचित्रमा नेपालमा लोप हुँदै गएको डण्डीबियोको कथालाई समेटिने बताइएको छ। समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र सुमी श्रेष्ठ घलेको लगानीमा निर्माण हुने यस चलचित्रको असोज २२ गतेबाट छायांकन&nbsp; सुरु हुनेछ। चलचित्रको छायांकन लम्जुङको घले गाउँ तथा काठमाडौंमा गरिने बताइएको छ।&nbsp;</p><div><br></div>