अन्जु पन्तले गरीन् सुनसरीका बाढी पिडित बालबालिकालाई सहयोग

...

<pre><b>असोज, काठमाडौं।</b>&nbsp;</pre><p style="text-align: justify; ">पछिल्लो समय नेपाली गायक गायिका तथा कलाकारहरु समाजिक कार्यमा पनि उत्तिकै देखिन थालेका छन्। यसैविच सांगितिक क्षेत्रकी चर्चित गायिका अन्जु पन्तले हालै सुनसरीका बाढी पिडितलाई सहयोग गरेकी छिन्। अन्जु पन्त फाउण्डेसनद्वारा सुनसरीको इटहरी स्थित गैरी गाउँ र शिवनारायण टोलका बाढी पिडित ३८५ बालबालिकाहरुलाई&nbsp; गायिका अन्जु पन्तले शैक्षिक समाग्री वितरण गरेकी छिन्। सहयोग वितरण कार्यक्रममा माईका नेपालद्वारा उपलब्ध गराइएको ग्याँस चुल्हो, पानी फिल्टर लगायत घर बनाउने बाँस पनि वितरण गरिएको थियो ।</p><p style="text-align: justify; ">राहत वितरण कार्यक्रममा इटहरी उप महानगरपालिकाका उप मेयर श्री लक्ष्मी गौतम, माईका नेपालका राष्ट्रिय संयोजक थिर के.सी. स्थानीय जन प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । राहत वितरण कार्यक्रममा गायिका पन्तले आफ्ना चर्चित गीत गाएर स्थानिय बासीहरुलाई मनोरञ्जन गराएकी थिईन्।&nbsp;</p><div><br></div>