<pre style="text-align: justify; "><b>माघ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">आज महाशिवरात्रीको दिन । धेरैले बिहानै उठेर भगवान शिवको पुजाआरधाना गरिरहेका छन् । राजधानीमा बिशेषगरी घण्टौं लाइन बसेर भएपनि हजारौंले पशुपति मन्दिरमा दर्शन गर्ने गर्छन् । यसैबिच नेपाली कलाकारहरुले पनि शिवरात्री आ–आफ्नै ढंगले मनाउँदै आएका छन् । हाँस्य ब्यस्ग्य कलाकार तथा निर्माता दीपक राज गिरीले बिगतका बर्षहरुमा मज्जैले शिवरात्री मनाउँदै आएका थिए । आफ्ना सर्कलका साथीभाईहरुसँग बसेर रमाइलो गरेर मनाउँदै आएका दीपक यसपाली भने शिवरात्री मनाएनन् । </p><p style="text-align: justify;"><i>‘योे बर्ष मैले शिवरात्री मनाउन पाउँदिन । चलचित्र ‘छक्का पञ्जा ३’ को स्क्रिष्ट राईटिङका लागी पोखरा आएका छौं त्यसैले गतबर्ष जस्तो शिवको पुजा गर्ने प्रसाद खाने केहि पनि हुँदैन । बिहान उठ्ने फ्रेसहुने र स्क्रिष्टमा बस्ने, फेरी दिउँसो खाना खाने स्क्रिष्टमा बस्ने काम मात्र हुने भयो । म सँगै केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे) र यमन श्रेष्ठ पनि हुनुहुन्छ ।’</i></p><div style="text-align: justify;"><br></div>