मुनालको नाममा प्रतिष्ठान स्थापना

चैत, काठमाडौं ।

बरिष्ठ सञ्चारकर्मी तथा गायक स्वर्गीय वासुदेव मुनालको सम्झनामा ‘वासुदेव मुनाल स्मृति प्रतिष्ठान’ को स्थापना गरिएको छ । ३५ वर्षसम्म निरन्तर रेडियो नेपालमा बाल कार्यक्रम चलाएर इतिहास रचेका यि मूर्धन्य व्यक्तिको सम्झनामा खडा गरिएको प्रतिष्ठानले वार्षीक पूण्यतिथिको दिन बाल साहित्य, संस्कृति, खेलकुद वा बालहित सम्बन्धि कार्यमा योगदान गरेका व्यक्ति वा संस्थालाई पुरस्कार तथा सम्मान प्रदान गर्नेछ ।

प्रतिष्ठानका संस्थापक प्रा.डा. उपेन्द्र कोइराला र मोहित मुनाल हुन् । प्रतिष्ठानका लागि आवश्यक कागजी प्रक्रिया तथा कोष संकलन कार्य भइरहेकाले छिट्टै नै पुरस्कार राशीको घोषणा गरिने संस्थापक मोहित मुनालले जानकारी दिए । साथै यस प्रतिष्ठान अन्तर्गत विभिन्न सामाजिक कार्य समेत गरिनेछ ।

आज भन्दा ६ महिना पहिले ६८ वर्षको उमेरमा मुनालको निधन भएको थियो । ६ मासिकको कामकै दिन छोरा मोहितले बुबाको सम्झनामा स्मृति प्रतिष्ठान स्थापना गरेका हुन् । उदयपुरमा जन्मिएका वासुदेवले सञ्चार क्षेत्र र संगीत क्षेत्रका लागि ठूलो योगदान पु¥याएका छन् ।