चैत, काठमाडौं ।

पछिल्लो समयका युवास्टार प्रदीप खड्काले कुनै समय आफुलाई चलचित्रक्षेत्र नै छोड्न मन लागेको खुलाएका छन् । उनको सफल मानिएको चलचित्र ‘प्रेम गीत’को समयमा चलचित्रक्षेत्रनै छोड्ने मनशाय भएको खुलाएका हुन् । सोमबार राजधानीमा चलचित्र ‘लिलिबिली’ टीमले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रदीपले यस्तो बताएका हुन् । उनी अभिनित चलचित्र ‘लिलिबिली’ यहि चैत ३० अर्थात आउँदो शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आउँदैछ ।

‘मलाई चलचित्रक्षेत्रमा लाग्नका लागी घरपरिवारबाट सपोर्ट थिएन, प्रेमगीत गरिसकेपछि एकपटक यो क्षेत्रनै छोड्छु भन्ने लागेको थियो’, प्रदीपले सञ्चारकर्मिका बिच भने । यस्तै उनले पछि प्रेमीगीत टीमबाट उक्त चलचित्रको सिक्वेल बनाउने निर्णय भएपछि र दर्शकको माग भएपछि पुनः यहि क्षेत्रलाई अंगालेको बताएका छन् । ‘चलचित्र टीम र दर्शकले चलचित्रलाई देखाएको मायाले चलचित्रक्षेत्र छोड्न सकिन’, प्रदीपले भने । अबभने निरन्तर चलचित्रक्षेत्रमै काम गर्ने उनको सोँच छ ।

‘‘मलाई चलचित्रक्षेत्रमा लाग्नका लागी घरपरिवारबाट सपोर्ट थिएन, प्रेमगीत गरिसकेपछि एकपटक यो क्षेत्रनै छोड्छु भन्ने लागेको थियो’’– प्रदीप

कार्यक्रममा ‘लिलिबिली’ टीमले चलचित्रको बारेमा जानकारी गरायो । चलचित्रको प्रदर्शन मिति नजिकिदै गर्दा प्रमोशनमा निकै सक्रिए देखिएको चलचित्र टीम चलचित्र सफल हुनेमा विश्वस्त रहेको बताइयो । नायक प्रदीपले लिलिबिलीमा आफुलाई दर्शकले ‘लभ ब्वाय’को रुपमा देख्न पाउने बताए । उनले आफुलाई दर्शकले जुन भूमिकामा देख्न चाहन्छन् त्यसै अनुरुप चलचित्रमा देखिने पनि बताए। ‘मैले फरक गर्छु भनेर हुँदैन, दर्शकले लभ ब्वायको रुपमा देख्न चाहानुहुन्छ भने म पुरै फरक भूमिकामा आउँछु भन्नु राम्रा होइन’, उनले भने । यस्तै चलचित्रकी नव–नायिका जसिता गुरुङले पनि पहिलो चलचित्रमै राम्रो टीम पाउँदा निकै खुसी लागेको बताइन् । उनले चलचित्र छायांकनको क्रममा आफुलाई नयाँ भन्ने अनुभुति टीमबाट कसैले पनि नगराएको बताइन् । ‘टीम नै एकअर्कोमा यति सपोट गर्ने थियो कि मलाई नयाँ भएर गाह्रो होला भनेर सोच्नै परेन’, गुरुङले भनिन् ।

यस्तै चलचित्रका निर्देशक तथा निर्माता मिलन चाम्सका अनुसार चलचित्रका लागी पुरा टीमले निकै मेहनत गरेको र नेपाली चलचित्रक्षेत्रमै नगरिएको काम पनि गरेको बताए । ‘हामीले चलचित्रका दृश्यहरु यतिसम्म राखेका छौं कि, ‘ह्यारी पोटर’ चलचित्र खिचिएको ठाउँमा गएर पनि लिलिबिली खिचेका छौं, त्यो हिसाबको खर्च चलचित्रमा गरिएको छ’, चाम्सले भने । यस्तै उनले आफु निरन्तर नेपाली चलचित्रको बिकासका लागी लागिरहेको बताए । ‘म चलचित्रलाई कहिल्यै पनि बिजनेशको रुपमा हेरिन, म नेपाली चलचित्रक्षेत्र बिकास गर्नमा सदैव लागिरहेको छु, चलचित्रबाट आउने पैसा चलचित्र क्षेत्रमै लगाइरहेको छु’, उनले थपे ।

यस्तै चलचित्रका अर्का निर्माता गोबिन्द शाहीले आफुले निर्माण गरेका चलचित्र सधै नेपाली ‘लोकेशन’मा मात्र भयो भन्ने आरोपलाई लिलिबिलीबाट तोडेको बताए । ‘मलाई जहिले पनि नेपाली लोकेशनमै फिल्म बताउँछौं भनिरहनेहरुका लागी यो चलचित्र बिशेष हुन सक्छ, हामीले बिदेशका निकै राम्रा राम्रो ठाउँमा अनुमति लिएरै चलचित्र बनाएका छौं’, शाहीले भने ।

(हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ)