<pre><b>जेठ, काठमाडौ । </b> </pre><p style="text-align: justify; ">बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा अभिनित अमेरिकी टेलिभिजन एबिसीबाट प्रसारण भइरहेको टिभी सिरिज ‘क्वान्टिको’ स्थगीत हुनेभएको छ । हाल सो सिरिजको तेस्रो सिजन प्रसारणरत उक्त सिरिज टेलिभिजनले नयाँ कार्यक्रम गर्ने निर्णय लिएपछि बन्द हुन लागेको हो । शो प्रसारण गर्दै आएको टेलिभिनले क्वान्टिकोका साथै अन्य थुप्रै टिभी शो बन्द गर्ने निर्णय गरेको छ । शो बन्द हुने भएपछि प्रियंका संगै काम गरिरहेका अर्का कलाकार काल पेनले ट्विट्रमा प्रियंकालाई सम्बोधन गर्दै अब फिल्म गरौं भनेर सोधेका छन् । जवाफमा प्रियंकाले ‘गरौं गरौं’ भनेर जवाफ फर्काएकी छन् ।</p><p style="text-align: justify; ">प्रियंकाको हाल उक्त टेलिभिजन शोसँगै दुईवटा हलिउड फिल्म ‘अ किड लाइक जेक’ तथा ‘इजन्ट् इट रोमान्टिक’ मा काम गरिरहेकी छन् । बलिउडमा करिब ३ वर्ष हराएकी प्रियंकाले यस वर्ष सलमान खानसँग फिल्म ‘भारत’ मा समेत काम गर्दै्छिन् ।</p><p style="text-align: justify; "><br></p>







१ जेष्ठ २०७५, मंगलवार ०६:३२ 








