अडियोमा सुन्नुस ‘चि मुसी चि’का पाँच गीत (अडियो जुकबक्स)

...

<pre style="text-align: justify; "><b>असार, काठमाण्डौ।</b></pre><p style="text-align: justify; "> आउँदो साउन ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चि मुसी चि’को पाँच अडियो गीत सार्वजनिक गरिएको छ । सोमबार युट्युव मार्फत सार्वजनिक गरिएको पाँचगीतै दर्शकको मनमा बस्नसक्ने प्रकृतिका छन् ।&nbsp;<br></p><p style="text-align: justify; ">‘आउ आज’, ‘चि मुसी चि’,‘सानो सानो कुरा’,’तिमीले माग्छौ भने’ र ‘हाँस्दा हाँस्दै’ बोलका गीत चलचित्रमा समावेश गरिएको छ । गीतमा सन्तोष पोखरेलका शब्द तथा करण राज कार्कीको संगीत र सुजाता पाण्डेको स्वर रहेको छ । ‘सानो सानो कुरा’ बोलको गीतमा सुरज अधिकारीको शब्द–संगीत तथा तारा प्रकाश लिम्बुको स्वर छ भने ‘तिमीले माग्छौ भने’ बोलको गीतमा सुरज अधिकारीकै शब्द–संगीत छ भने अञ्जु पन्त र यूवराज चौलागाईँको स्वर रहेको छ । ‘आउ आज’ गीतमा शब्द तथा संगीत सुरज अधिकारीको रहेको छ भने अलमोडाले स्वर दिएका छन् । ‘हाँस्दा हाँस्दै’ बोलको गीतमा रेगन क्षेत्रीको शब्द–संगीत तथा शारिका घिमिरेको स्वर रहेको छ । यि मध्ये ‘चि मुसी चि’ र ‘तिमीले माग्छौ भने’ बोलका गीतको भिडियो यसअघि नै सार्वजनिक भईसकेका छन् ।</p><p style="text-align: justify; ">म्यूजिकल थ्रिलर जनरामा निर्मित यस चलचित्रलाई निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् । सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/dZA-Vk8tiS4" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>