आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

आज साउन १८ अर्थात शुक्रबारबाट कायरा’ र ‘झमकबहादुर’ प्रदर्शनमा आएको चलचित्र हो । यी दुबै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् ।

चलचित्र ‘कायरा’ मा लक्ष्मण रिजालको निर्देशन रहेको छ । ‘कायरा’मा आर्यन र साम्राज्ञी प्रेम जोडीको रुपमा देखिएका छन् । चलचित्रको सम्पूर्ण जसो छायाँकन फिलिपिन्समा गरिएको छ । पहिलो पटक पर्दामा जोडी भएर प्रस्तुत भएका आर्यन र साम्राज्ञीको यो चलचित्र प्रतिक्षित छ । लगातार चलचित्र अभिनयमा असफलता भोगेका आर्यनले ‘कायरा’बाट सफलता पाउने आशा गरेका छन् । गीत संगीत र ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको चलचित्रमा आर्यन र साम्रज्ञीबाहेक शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

‘त्यसैगरी बोमन कटुवाल निर्देशित चलचित्र झमकबहादुरमा अनुप विक्रम शाही, यादव देवकोटा सरापे, राजस कमेडी, सुजता थापा, मिन कुमार तामांग, नियोना गुरुंग, राजन महर्जन, कल्याण अधिकारी, कोनिका घिमिरे, शान्त प्रसाद घिमिरे लगायतको अभिनय छ । चलचित्रमा पवन गौतमको छायाँङकन, अनिल महर्जनको सम्पादन, राजु किराँत राईको द्वन्द्व रहेको छ । ‘मुम्बई एक्सप्रेस’को फोटोकपी रहेको आरोप लागेको ‘झमकबहादुर’ सुन तस्करी, लुटपाट र अपहरणको बिषयमा निर्माण भएको बताइएको छ ।