आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

यसबर्षको तीजपर्व लक्षित गीत बजारमा एकपछिअर्को गर्दै सार्वजनिक भइरहेका छन् । यसैबिचमा सारिका घिमिरेको स्वरमा रहेको ‘एतै घमाइलो उतै घमाइलो’ बोलको तीजगीत सोमबार राजधानीमा एक कार्यक्रममा बिच सार्वजनिक गरियो । नेपालको पहिलो महिला सभामुख ओनसरी घर्तीको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा नेपाली चलचित्रक्षेत्रका अग्रह महिलाकलाकारले नृत्य गरेका छन् ।

नेपालको पहिलो नायिका भुवन चन्द, नेपालको पहिलो रङ्गीन चलचित्रको नायिका चैत्यदेवी, हास्य सम्राज्ञी बसुन्धरा भुसाल, नायिका रुपा रानाले एकसाथ नृत्य गरेका छन् । यो भन्दा अघि यी सबै महिलाकलाकार एकसाथ एकै गीतको भिडियोमा देखिएका थिएनन् । भिडियोमा गायिका सारिकाले पनि नृत्य गरेकी छिन् । यसतीज गीतबाट सञ्चारकर्मी गीता अधिकारीले शब्द लेखनमा हात हालेकी छिन् ।

कार्यक्रममा प्रमुख अतिथि घर्तीले गीतको तारिफ गर्दै उनले सबै महिलाकाहरुको नेतृत्व गर्दै जागरण सम्बन्धि तीज गीत साथै सन्देश मुलक तीज गीत ल्याएको बताइन् । साथै भिडियोमा अभिनय गरेका कलाकारहरुले धेरै कलाकारले एकसाथ नृत्य गर्न पाउँदा खुसी लागेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शान्तराम विडारी, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय, बरिष्ठ कलाकार मोहन निरौला, लय संग्रौला, उत्तम केसी, सङ्गीतकार राजु सिंह लगायतको उपस्थिती थियो ।

गीतमा दीपक शर्माको सङ्गीत, सुदिप सागरको सङ्गीत संयोजन, साजन शाहको ध्वनी मिश्रण रहेको गीतको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन् भने वीरेन्द्र भाट ‘विपिन’को छायाँकन तथा सम्पादन रहेको छ । वल्र्ड कभर मिडिया प्रा.लि.को पोष्ट प्रोडक्सन रहेको गीतको भिडियोमा मनिता गहतराजको नृत्य निर्देशन, राम सिंह भाटको सह सम्पादन, विनोद दाहालको श्रृङ्गार छ ।

video:

२२ श्रावण २०७५, मंगलवार ०६:२४