लामो समयपछि प्रसारमा आएको ‘भद्रगोल’ युट्युव ट्रेन्डिङ १ मा (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> केहिसाता टेलिभिजनमा प्रसारण नभएको हाँस्य टेलिसिरियल भद्रगोल गएको शुक्रबारबाट प्रसारणमा आयो । नेपाल टेलिभिजनबाट सोहि समय (राती ८ः५०)मा प्रसारणमा आएसँगै युट्युवमा पनि सार्वजनिक भइसकेको छ । रामसार मिडियाबाट युट्युवमा अपलोड हुँदै आएको भद्रगोल नयाँ सम्झौता पछि मिडिया हव अफिसियल च्यानलबाट अपलोड भएको छ ।&nbsp; केहिसमय भद्रगोल हेर्न नपाएका दर्शकमा भद्रगोल प्रसारणमा आएसँगै खुसी देखिएका छन् । बिशेषगरी युट्युवमा भद्रगोल हेर्ने दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका छन् । युट्युवमा अपलोड गरिएको दुईदिन नपुग्दै नेपाली युट्युवको ट्रेन्डिङ नम्बर १ मा आउन सफल भएको छ ।&nbsp;</p><p style="text-align: justify; "><b>बिषयबस्तु मन पराइयो</b></p><p style="text-align: justify; ">यो साताका लागी युट्युवमा पछिल्लो समय नेपालमा आएका गायक रियालिटी शोको बिषय उठान गरिएको छ । गतबर्ष नेपाल आइडलको अडिसन राउन्डबाटै बाहिरिएका झक्कड थापा र यसबर्षको अडिसन राउन्डबाटै बाहिरिएका नरेश पातलीलाई भद्रगोलमा लिइयो । सामाजिक सञ्जाल, युट्युव तिर निकै भाइरल भइरहेका यी दुईलाई भद्रगोलमा देख्दा दर्शकले अझ बढी मनोरञ्जन लिएको बताएका छन् । युट्युवमा आएका प्रतिक्रिया हेर्ने हो भने अधिकांश झक्कड र पातलीका लागी लेखिएको छ । मुड्खु भञ्ज्याङ्ग भ्वाइस आइडल नाम दिइएको गायन रियालिटी शोमा भद्रगोलका थुप्रै पात्रहरुले भाग लिएका हुन्छन् । अन्तिममा राम्रो स्वर, कला भएकालाई मात्र छान्नुपर्ने सन्देश भद्रगोलले दिएको छ । नेपाली गीतसंगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएका संगीतकार बसन्त सापकोटा, गायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजालको पनि जज्को रुपमा अभिनय गरेका छन् ।</p><p style="text-align: justify; ">भद्रगोल अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री)ले लेख्दै आएका छन् भने साथै निर्देशन पनि उनीहरुले गर्दै आएका छन् । श्रृंखला निर्देशन भने दीपक आचार्यले गर्दै आएका छन् । सम्पादन रबिन भट्ट र राजेन्द्र मानन्धरले गर्दै आएका छन् । भद्रगोलमा अर्जुन घिमिरे, कुमार कट्टेल, सागर लम्साल, हरिस निरौला, मधुसुदन पाठक, कमलमणी नेपाल लगायतको मुख्य भूमिका रहेको छ ।&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/X6whUWm7Jho" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>