आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

पश्चिम नेपालको बुटवल सहरमा जन्मिएर काठमाडौंमा आफ्नो करियर बनाउन लागेकी मोडल नम्रता अर्याल मोडलिङ क्षेत्रमा चर्चित नाम हो । मोड्लिङ क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल नम्रता चलचित्रमा डेब्यू गर्ने तयारीमा छिन् । यसअघि पनि उनलाई चलचित्रको अफर नआएका भने होईनन् तर, आफूलाई मन छुने कथाको अभावमा नम्रताले चलचित्रको निम्ति यात्रा तय गरेकी छैनन् । करिब ५ बर्ष पहिले सम्पूर्ण परिवार बुटवलबाट काठमाडौं आएपछि नम्रता पनि काठमाडौं आएकी हुन् । प्लस टु सम्मको अध्ययन बुटवलमै गरेकी उनले काठमाडौंमा स्नातक अध्ययनसँगै मोडलिङलाई पनि अघि बढाएकी हुन् । आफूले चाहे जस्तो कथा तथा भूमिकाको चलचित्रको पर्खाईमा रहेकी नम्रता अर्यालसँग आर्टिष्ट खबरले गरेको कुराकानीको केही अंशः

तपाईको रोजाईमा गल्यामरस क्षेत्र नै पर्नुको कारण के हो ?

बुटवल बसेर प्लस टु गरिसकेपछि बीचमा केही समय खाली भएको थियो । त्यही खाली समयमा मलाई यो क्षेत्र प्रति आकर्षण बढ्न थाल्यो र एकपटक अडिसनमा भाग लिए । त्यही अडिसनमा छानिन पुगेपछि मेरो यात्रा अहिले यहाँसम्म आईपुगेको हो ।

तपाईंको अबको लक्ष्य ठुलो पर्दाको फिल्म हो ?

फिल्म गर्ने भन्ने त मेरो पहिलेदेखिको लक्ष्य नै हो । यो भन्दा अघि अफर नआएको पनि होइन तर, पढाईको कारणसँगै कथा बस्तुको अरुचीको कारण पनि त्यो फिल्म मेरो रोजाईमा परेन ।

फिल्म पाउन केहि गुमाउनुपर्छ भन्छन्, साँचो हो ?

सुन्न त मैले सुनेकी छु । तर, डर भन्दा पनि आफूमा हुने कन्फिडेन्स ठुलो कुरा हो । आफू कुन बाटो जाने र के गर्ने भन्ने कुरा बुझेर गएपछि त्यस्ता खालका समस्या सामान्य रुपमा चिर्न सकिन्छ जस्तो लाग्छ । सोंच्न त सबैले यसलाई नेगेटिव लाइन भनेर सोंच्छन् तर, सबैलाई एउटै ड्याङमा राखेर सोंच्न मिल्दैन ।

चलचित्र क्षेत्रलाई कतिले नराम्रो क्षेत्र भन्छन् नि तपाई के भन्नुहुन्छ ?

आफ्नो काममा भर पर्ने कुरा हो । अब, मैले राम्रो काम गरे मानिसले राम्रै रुपमा लिन्छन् तर, गलत काम गरे भने उनीहरुले मलाई नकारात्मक तरिकाले लिन्छन् । त्यसैले समग्रमा राम्रो काम गर्नु र राम्रो सन्देश प्रवाह गर्न सक्नु नै यो क्षेत्र राम्रो छ भन्ने टिप्स हुनसक्छ ।

तपाईंसँग भिन्न क्षमता के छ जसले निर्माता, निर्देशकलाई आकर्षक लागोस् ?

मेरो अदभुत क्षमता भन्दा पनि मैले यसअघि गरेका काम र मेरो प्यासन नै हो जस्तो लाग्छ ।

तपाईंको सबैभन्दा ग्ल्यामर अथवा आकर्षण के बाट झल्किन्छ जस्तो लाग्छ ?

मलाई आफूलाई भन्दा पनि अरुहरुका अनुसार मेरो सेक्सी र आकर्षण आँखामा छ अरे । धेरैले भनेकाले मलाई पनि हो कि जस्तो लाग्छ ।

अब तपाईं कस्तो खालको फिल्मको खोजीमा हुनुहुन्छ ?

स्टोरी तथा कन्सेप्ट आफूलाई सुहाउदो खालको फिल्मको खोजीमा छु । धेरै खुलापन भन्दा पनि रमाईलो तथा आफ्नो क्यारेक्टर स्ट्रङ भएको फिल्मको खोजीमा छु ।

यो सामाग्री आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ ।

२ आश्विन २०७५, मंगलवार ०२:२९