आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

गायक राजु लामाको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । मंगोलियन हर्ट गायकको रुपमा परिचित ‘सरसर’बोलको लोक तथा पप गीतमा राजुसँगै गायिका रमिला ज्ञाङ्मी मगरको स्वर रहेको छ ।

एस आर एस ईन्टरटेडमेन्टको प्रस्तुतीमा सार्वजनिक यस गीतमा गीतकार डीपी खनालको शब्द रहेको छ भने धनु ज्ञाङ्मी मगरको संगीत रहेको छ । सेवा रेकर्डिङ स्टुडियोमा मुस्कान मुकारुङद्वारा रेकर्डिङ गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् । गीतको म्युजिक भिडियोतर्फ पत्रकार तथा निर्देशक शुब्रतराज आचार्याको निर्देशन रहेको छ, भने जय शर्माको सहनिर्देशन रहेको छ । जसमा एलिश राई, गम्भिर बिष्ट र प्रकाश वस्नेतको नृत्य रहेको छ ।

सुरेन्द्र वस्नेतको कोरियोग्राफी रहेको यस गीतलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् भने नविन निरौलाको सम्पादन रहेको छ ।

३ आश्विन २०७५, बुधबार ०९:१९