आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

चलचित्र ‘लभ स्टेशन’ को शुभमुर्हुत गरिएको छ । सोमबार बिहान पशुपति मन्दिर परिसरमा चलचित्रको मुुर्हत गरिएको हो । चलचित्रमा नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको मुख्य भूमिका रहने छ भने यो चलचित्र दार्जलिङ र सिक्किमका बिभिन्न ठाउँमा छायांकन हुने बताइएको छ । चलचित्रको छायांकनका लागि यसको यूनिट मंगलबार दार्जलिङतर्फ लाग्नेछ भने नायक–नायिका बुधबार मात्र जानेछन् ।

यसअघि चलचित्रको असोज ५ गतेबाट नै छायांकन सुरु हुने भनिएको थियो तर दार्जलिङ र सिक्किमको मौसम खराब रहेकाले ५ गतेबाटै छायांकन सुरु गर्न नसकिएको निर्माता गोविन्द शाहीले बताए । चलचित्र शुक्रबारदेखि मात्र छायांकन सुरु शाहीले बताएका छन् । चलचित्र उज्ज्वल घिमिरेले निर्देशन गर्दैछन् । चलचित्रमा प्रदिप र जसिताको साथमा मिस सिलगुढी श्रद्धा क्षेत्री, नायिका निरुता सिंह, कलाकार सरोज खनाल, नव(कलाकार रश्मी पाण्डेको मुख्य भूमिका रहनेछ । चलचित्रमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ । चलचित्र आलोक शुक्लाले खिच्नेछन् ।