इनास अवार्ड सम्पन्न, तुलसी घिमिरेलाई लाइभ टाईम अचिभमेन्ट अवार्ड

...

असोज, काठमाडौं । अन्र्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले आफ्नो तेस्रो इनास अवार्ड २०१४ सम्पन्न गरेको छ । सोमबार राजधानीको प्रज्ञाभवन कमलादीमा सम्पन्न कार्यक्रममा नेपाली चलचित्रमा योगदान पुर्याउने बिभिन्न कलाकारहरुलाई अवार्ड प्रदान गरीयो ।
INAS award 2014, kathmandu कार्यक्रममा लाईभ टाईम अचिभमेन्ट अवार्ड तुलसी घिमिरेलाई प्रदान गरीएको थियो । अवार्डमा घिमिरेलाई एक लाख रुपैँया सहित सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट नायकमा ‘नोभेम्बर रेन’ बाट आर्यन सिग्देल र उत्कृष्ट नायिका ‘बितेका पल’बाट केकी अधिकारीले अवार्ड पाइन् ।
INAS award 2014, kathmandu

त्यस्तै अन्य कलाकारहरुलाई निम्न अवार्डहरुमा सम्मान गरीयो

चलचित्र ‘६ एकान ६’ (लोकप्रीय चलचित्र)
ऋचा शर्मा (लोकप्रीय अभिनेत्री)
दयाहाङ राई (लोकप्रीय अभिनेता)
केकी अधिकारी (उत्कृष्ट नायिका)
आर्यन सिग्देल (उत्कृष्ट नायक)
विश्वका कान्छो निर्देशक सौगात विष्ट (इनास विशेष अवार्ड)
अन्जु पन्त (उत्कृष्ट पाश्र्व गायिका)
स्वरुपराज आचार्य ( उत्कृष्ट पाश्र्व गायक)
अर्जुन पोख्रेल (संगीतकार)
INAS award 2014, kathmandu  keki adhikariसाथै पटकथामा ‘कबड्डी’बाट रामबाबु गुरुङ र उपेन्द्र सुब्बा, नृत्य निर्देशकमा बसन्त श्रेष्ठ, बालकलाकारमा लभ यु बाबाबाट संगम बिष्ट, गीतकारमा नाई नभन्नु ल २ बाट कृष्णहरी बराल, द्धन्द्धमा लज्जाबाट चन्द्र पन्तले अवार्ड हात पारे । साथमा रमेश त्वयनालाई विशेष सम्मान गरीएको थियो भने गायक तथा कलाकार मुरलीधर र बाबु बोगटी सम्मानीत भएका थिए ।
Inas awad 2014 in kathmanduउत्कृष्ट सम्पादनमा चलचित्र ‘बितेका पल’बाट बिपीन मल्ल, छाँयांकारमा ‘कबड्डी’बाट पुरुषोत्तम प्रधान सम्मानीत भएका छन् । कार्यक्रममा अभिनेता स्व. श्री कृष्ण श्रेष्ठलाई सम्झदै अभिनेत्री स्वयेता खड्कालाई सम्मान गरीएको थियो । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)ले गर्न सन् २०१२ मा युरोपको जर्मनी र सन् २०१३ मा युरोपकै नेदरल्याण्डमा अवार्ड सम्पन्न गरेको थियो भने अहिले तेस्रो इनास अवार्ड काठमाडौंमै सम्पन्न गरेको हो ।

Inas awad 2014 in kathmandu

Inas awad 2014 in kathmandu

Inas awad 2014 in kathmandu

Inas awad 2014 in kathmandu

Inas awad 2014 in kathmandu