कात्तिक, मुम्बई (एजेन्सी) ।

आमिर खान अभिनित चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को ट्रेलर सार्वजनिक भएसँगै बहुप्रतिक्षित बनेको छ । यहि कात्तिक २२ (८ नोभेम्बर) बाट प्रदर्शन हुने तयारमिा रहेको योे चलचित्रको बुकिङ खुल्ला गरिएको छ । एकसाथ ५ हजार पर्दामा प्रदर्शन हुने तयारीमा रहेको यो चलचित्रले भारतमा मात्र २२ हजार सो पाउने भएको छ । मल्टिप्लेक्समा चलचित्रले प्रतिदिन ५–६ र सिंगल स्क्रिनमा ४–५ सो पाउने बताइएको छ ।

दर्शकको माग अनुसार चलचित्रको सो बढ्नै जाने बताइएको छ । चलचित्रमा आमिरसँगै अमिताभ बच्चन, फातिमा साना र कट्रिना कैफको मुख्य अभिनय छ ।

१३ कार्तिक २०७५, मंगलवार ०१:२२