आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

गायक प्रहलाद तिमल्सिनाको ‘महक–२’ गीतीएल्बम सार्वजनिक गरिएको छ । सार्वजनिक गरिउको आधुनिक शैलीका गीतहरुको यस दोस्रो एकल एल्बम सोमबार राजधानीमा एक कार्यक्रमका बिच गृहमन्त्री राम बहादुर थापा ‘बादल’, संगीतकार शम्भूजीत बासकोटा, आलोकश्री, गीतकारहरु राजेन्द्र थापा, डा.कृष्णहरी बराल तथा एसपी कोइरालाले संयुक्त रुपमा बिमोचन गरेका हुन् ।

एल्बममा १० वटा गीत समावेश छने् । एल्बमका गीतहरुमा वरिष्ठ संगीतकार शम्भूजीत बासकोटा, सुरेश अधिकारी, आलोकश्री, न्ह्यू बज्रँचार्य, महेश खड्का, वसन्त सापकोटा, विकास चौधरी तथा आशिष अविरलद्वारा संगीतबद्ध गीतहरु समावेश गरिएका छन् । यी गीतहरु डा.कृष्णहरी बराल, जीवन लुईंटेल, राजेन्द्र थापा, वसन्त सापकोटा, एसपी कोइराला तथा निश्चल श्रेष्ठले रचना गरेका हुन् । जीवन लुईटेलले एल्बका तीन वटा गीत रचना गरेका छन् भने राजेन्द्र थापाले पनि तीन वटै गीत रचना गरेका छन् । एल्बममा तिमीलाई नभेटुँ की, हिउँ सरी, ढकमक्क गुँरास, वचन दियौ धड्कनले, थोत्रो रेडियो, भनि देउ न कस्तो लाग्छ, सञ्चै छु भनी, पिरतीको खेल, इल्ली बिल्ली तथा पैले भनेको माया बोलका गीतहरु सुन्न सकिन्छ । गुञ्जन ईन्टरटेन्मेन्टले यो एल्बमलाई उत्पादन तथा बजार व्यवस्थापन गरेको छ ।

विमोचित एल्बमको समिक्षा गर्दै संगीतकार शान्तिराम राईले महक–२ मा समावेश अधिकांश गीतहरु कर्णप्रिय रहेको बताए । ‘स्थापित संगीतकार तथा सिद्धहस्त गीतकारका शब्दमा गायक प्रहलाद तिमिल्सिनाको स्वर सुहाएको छ, संगीतकार राईको भनाइ थियो । तिमल्सिनाले यो अवधिमा एक सय वटा भन्दा बढि चलचित्रका गीतहरुमा आफ्नो स्वर प्रदान गरिसकेका छन् । नेपाल अधिकांश संगीतकारहरुको संगतिमा गीत गाइसकेका यी गायकले लोकप्रिय गायिकाहरुसंग समेत पाश्र्व गायन गरिसकेका छन् । गायक तिमिल्सिनाले गाएका चलचित्रका गीतहरु मध्ये गाला रातै गाला रातै, फिगर कोकाकोला, बट स्लोली स्लोली, कहिले माया स्याड फेस, पिरो पिरो, झ्याप्पै आदि लोकप्रिय मानिन्छन् ।