युट्युवमा पनि ‘सुनकेसरी’लाई दर्शकको कमि

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

हरर नेपाली चलचित्र ‘सुनकेसरी’ युट्युवमा सार्वजनिक गरिएको छ । अभिनेत्री ऋचा शर्माले निर्माण गरेको यो चलचित्र प्रदर्शन भएको ६ महिनामै युट्युवमा राखिएको हो । अन्य थुप्रै चलचित्र छन् जुन बर्षौ हुँदा पनि युट्युवमा हालिएको छैन । २६ अक्टोबर (पाँचदिन पहिले) युट्युवमा राखिएको यो चलचित्र हेर्ने दर्शकको संख्या निकै कम छ भन्दा फरक पर्दैन । यो समाचार तयार पार्दासम्म चलचित्र हेर्ने दर्शकको संख्या २ लाख ३० हजार मात्र पुगेको छ । अन्य चलचित्रको नजरमा यो निकै कम हो । यो चलचित्रले प्रदर्शनको समयमा पनि धेरै दर्शक कमाउन सकेको थिएन ।

कुनै चलचित्र युट्युवमा आउँदा धेरै भ्युज पाउने गरेको देखिन्छ । फ्लप चलचित्रले पनि राम्रै भ्युज पाइरहेका हुन्छन् तर सुनकेसरीले युट्युवमा पनि राम्रो दर्शक कमाउन सकेन । युट्युवमा आएको प्रतिक्रियाको कुरा गर्दा केहीले दोस्रो भागको प्रतिक्षा गरेको लेखेका छन् भने कथामा मिहिनेत नपुगेको लेख्नेहरु पनि प्रसस्त छन् । पिक्चर क्वालिटी, ब्याकग्राउण्ड स्कोर, छायांकन पक्षको मुक्तकण्ठले प्रशंसा गर्ने पनि छन् । फिल्मलाई युट्युबमा सुझाब र प्रश्नवाचन कमेन्ट बढी प्राप्त छ ।

full movie: