आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

गएको शुक्रबार (कात्तिक १६)बाट प्रदर्शनमा आएको नायिका रेखा थापाको चलचित्र ‘मालिका’ले राम्रो प्रतिक्रिया पाइरहेको छ । प्रदर्शन अघि च्यारिटी सुरु गरिएको ‘मालिका’ले दर्शक तथा चलचित्र मेकरहरुबाट पनि निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । यसैबिच चलचित्रकी नायिका तथा निर्देशक रेखाको कामलाई चलचित्रक्षेत्रका अन्य चर्चित नायिकाहरुले पनि प्रसंसा गरेका छन् । केहिदिन अघि राजधानीको कुमारीहरुमा पुगेका नायिका करिश्मा मानन्धर र ऋचा शर्माले रेखाको कामलाई खुलेरै प्रसंसा गरे ।

नायिका करिश्माले महिलाहरुको कथामा रेखाले बनाउँदै आएका चलचित्र मध्ये ‘मालिका’ उत्कृष्ट भएको प्रतिक्रिया दिइन् । उनले रेखालाई मालिका हेरेपछि रियल हिरो समेत भनिन् । ‘मैले रेखाका धेरै फिल्म हेरेकी छु, यो फिल्म निकै मनप¥यो । म रेखालाई रियल हिरो भन्छु’ करिश्माले भनिन् । ‘मालिका हेर्दै गर्दा फिल्म हेरिरहेको अनुभूति भन्दा मोटिभेसन क्लासमा छु, जस्तो लाग्यो, अबको कलाकारहरुले गर्ने भनेको अहिले रेखाले जे गरेको छ त्यहि नै हो’ करिश्माले थपिन् ।

रेखा पनि करिश्माका प्रसंसाका शब्दहरुबाट निकै खुसी देखिन्थिन् । उनले मिस कोशीमा आफू सहभागी हुन गएको समयदेखी आफू करिश्काको ठुलो फ्यान भएको र अहिले आफ्नो आइडल करिश्माले आफ्नो कामलाई प्रसंसा गर्दा निकै खुसी लागेको बताइन् । यस्तै करिश्मा र रेखासँगै रहेकी नायिका ऋचा शर्माले पनि रेखाको मालिकालाई खुलेरै प्रसंसा गरेकी थिइन् । ऋचाले महिला अधिकार कर्मिहरुको ‘जोन्टा’ नामक संस्थालाई मालिका हेर्न आग्रह गरेकी थिइन् । रेखाले आफ्नो अभियानलाई ऋचाले सपोर्ट गरेको भन्दै धन्यवाद दिएकी थिइन् ।

बाल विवाह विरुद्धको कथा भन्ने मालिकामा जाजरकोटकी चौध वर्षिय बालिका कमला वली बाल बधुको भूमिकामा प्रस्तुत भएकी छन् । चलचित्रको कथा रेखा र नरबहादुर कार्की मिलेर लेखेका हुन् । चलचत्रिका कार्यकारी निर्माता समेत रहेका कार्की अन्र्तराष्ट्रिय जीवन प्रशिक्षक हुन् ।

१९ कार्तिक २०७५, सोमबार १५:१८